

मोडलिङमा लागेका कतिपय मोडलहरुको चलचित्रको अभिनयमा त्यति साह्रो रुचि देखिँदैन । चलचित्रको अभिनयमा बढी समय दिनुपरेर पनि रुचि नभएको हुनसक्छ । त्यसमाथि मोडलिङतिर लागेकाहरुलाई हेर्ने चलचित्रकर्मीको दृष्टिकोणमा पनि त्यति परिवर्तन नभएर हो ।
आफूहरुप्रति चलचित्र क्षेत्रका मानिसको दृष्टिकोण गलत भएका कारण मोडलहरू हच्किने गरेको तर्क ख्याति प्राप्त मोडल एवम् कोरियोग्राफर गुड्डी सिजापतीको छ । कोरियोग्राफर सिंजापति सोही कारण चलचित्रमा हाम फालेका कतिपय मोडलहरू पनि पछि मोडलिङतिर नै फर्केको दाबी गर्छिन् ।
त्यसमाथि मोडलिङमा जस्तो उचित पारिश्रमिक नपाइने भएबाट पनि प्राय मोडलहरुले चलचित्र क्षेत्रलाई गन्तव्यको रुपमा लिन चाहँदैनन् । चलचित्रमा तीन महिना काम गर्दा पनि तीन हजार रुपियाँ पाउन गाह्रो हुने गर्दछ, तर मोडलिङमा एकै दिनमा हजारौं कमाई हुने भएबाट पनि मोडलहरुलाई चलचित्र क्षेत्रले त्यति आकषिर्त पार्न नसकेको कुरा उनले खुलस्त पारिन् ।
दश वर्षदेखि मोडलिङ क्षेत्रमा कार्यरत रहेर यसैलाई करियरको रुपमा अगाडि बढाउँदै आएकी कोरियोग्राफर हाल सूचना तथा सञ्चार क्षेत्रको एक अग्रणी संस्थामा कम्प्युटर काउन्सिलरको रुपमा कार्यरत छिन् । सयौंलाई सूचना तथा प्रविधिको क्षेत्रमा प्रशिक्षित बनाइसकेकी उनी हालको एक्काइसौं शताब्दीको युगमा सूचना तथा प्रविधि हरेकका लागि जरुरी भइसकेको र योविनाको संसार अन्धकार नै हुने बताउँछिन् । हालै नेपाल भाषाको ँल्वं वनТ नामक भिसिडीको एक गीतको म्युजिक भिडियोमा अभिनय गरेर डेढ वर्षको अन्तरालपछि उनले मोडलिङमा पुनः निरन्तरता दिएकी छन् ।
यसबीचमा आफ्नै जागिरमा बढी व्यस्त हुनुपरेर पनि मोडलिङमा त्यति समय दिन नसकेको तथ्यलाई पनि उनले लुकाएकी छैनन् । अब भने आफ्नो पुरानो करियरलाई अगाडि बढाउने पक्षमा रहेको र चाँडै नै मोडलहरुको कन्टेस्ट गर्ने सोचमा रहेको पनि उनले बताइन् ।
प्रारम्भमा मोडलिङ क्षेत्रमा आउँदा आफ्नो अनुहार भारतीय अभिनेत्री काजोलसँग मिल्छ भनेर धेरैले चलचित्रमा नायिका बन्न अफर गरेको र उनीहरुले चलचित्रमा अभिनय गर्न विभिन्न शर्त पनि राखेको रहस्य खोल्दै त्यस्ता शर्तमा रहेर काम गर्न नचाहेको कारण नै कुनै पनि चलचित्रमा अभिनय नगरेको उनले बताएकी छिन् ।
यो क्षेत्रमा लागेका एक दुईजना मोडलले बदमासी गरे भन्दैमा सबैलाई गिद्देदृष्टि लगाउनुहुँदैन । मोडलिङमा अझ पढेलेखेका बौद्धिक वर्गको बाहुल्यता रहेको र यस्ता वर्गमा ठीक-बेठीक छुट्याउने सामथ्र्यता हुने दाबी गर्ने गुड्डीले निकट भविष्यमा आफ्नो गीति एल्बम निकाल्ने जानकारी दिइन् ।
आफू कुनै गायिका होइन, गीतमा ज्यादै रुचि राख्ने भएका कारण प्रारम्भदेखि गीत लेख्दै आएको र ती कोरिएका गीतलाई विभिन्न गायक-गायिकाका आवाजमा ज्यान भर्ने काम मात्र गर्न लागेको उनले बताइन् ।
हाल सुन्ने गीतको जमाना हराउन थालेका कारण आफ्नो गीति एल्बमलाई भिसिडीको रुपमा बजारमा ल्याउने तयारी गरिरहेको जानकारी पनि उनले गराइन् । आफैंले आफ्नो गीत गाउने सोच नभए पनि गीतको म्युजिक भिडियोमा भने अभिनय गर्ने र सकभर त्यसलाई आकर्षक बनाउने सोच लिएको उनले बताइन् ।
| पाठक प्रतिक्रिया | |
|
|