

बेरोजगारको तितो यार्थातका कारण रोजगारको सिलसिलामा आज भन्दा ३० महिना अगाडि मलेसियालाई आफ्नो कर्मभूमि बनाउन विवस यी चारजना युवाहरु गीत संगीत भनेपछि हुरुकै हुन्छन् । भविष्यमा गीत संगीतबाटै आफ्नो क्यारीयर बनाउने लक्ष्य बोकेका यी युवाहरु साहूको कामबाट बचेको केही समयलाई गीत संगीत मै खर्चेका छन् ।
मलेसियाको जोहोर राज्य वातुपाहात बबरुनस्थित एक मोटर पार्टस कम्पनीमा कार्यरत काभ्रे जिल्ला स्थाई घर भएका सुरेश श्रेष्ठ, राम कुमार साह, दिनेश साह र ललितपुरका विशाल ढंगोल यी युवाहरु वाद्यवादक पनि आफै गर्छन् । क्रमसः ड्रम, रिदम, बेस र लिड ।
नेपालबाट संगै मलेसिया प्रवेष गरेका यी सृर्जनसिल युवाहरु स्वदेश फर्के पछि पनि संगै काम गर्ने इच्छा व्यक्त गर्छन् । मन्द मुस्कानका साथ विशाल भन्छन् हामी चारजना एक आपसमा कहिले पनि असन्तुष्टि र मनमुटाब भएको छैन र आउने दिनहरुमा पनि हुनेछैन ।
यी युवाहरुले हालै मात्र एक अडियो सिडी बजारमा ल्याएका छन् । उक्त अडियो सिडी भित्र आठवटा गीतहरु रहेकाछन् ।
१. पहीलो माया :- सुरेशको स्वरमा सजीएको उक्त गीतले स्रोताहरुको अनुरोधमा स्रोताहरुलाई नै कोसेली स्वरुप पहिलो माया भनेर सम्बोधन गरेका छन् ।
२. तिमी हांसीदेउ :- दिनेशको स्वरमा रहेको उक्त गीतले आफ्नो प्रेमीका संग बिछोड भए पनि सधै हांसीदेउ, बोलीदेउ चोटहरुको सामना गर्दै बिछोड्को पीडालाई हांसेर सामना गर्ने, त्यो बिछोड एउटा समयको खेल सम्झी मन बुझाएका छन् उनको गीतबाट ।
३
. आज भोली :- रामको स्वरमा रहेको आज भोली गीतले आफ्नै गाउंघरको माया साथीसंगीको माया र प्रवासमा श्रमिक दाजुभाई दिदीबहिनीहरुको माया संगालेर आजभोली उनले उफि्र उफि्र गाएका छन् । यसले सबै प्रवासीहरुको मन छुने छ ।४. पूणिर्माको जुन :- विशालको स्वरमा रहेको उक्त गीतले हुनेवाला जीवन साथीलाई विस्वास दिलाउन र भोली हुने काल्पनीक कुराहरुलाई समेटिएको छ ।
५. बिर्सिदेउ :- यो पनि सुरेशको स्वरमा आधारीत आफ्नो प्रेमीकाबाट धोका पाएपछि नसामा डुबेर छोडी सकेकी प्रेमीकाले अब मलाई नसम्झ बिर्सिदेउ त्यो विगत हो, वर्तमान र भविष्यको कल्पनालाई समेटिएको छ ।
६. यो दिल्ले :- यो पनि सुरेशको स्वरमा सजीएको गीत हो जसमा माया पि्रतीकै कुराहरु समेटिए पनि गाउंघर र साथीभाईहरुलाई प्रमुख मान्यता दिएको छ ।
७. छाडी सकेनी :- दिनेशको स्वरमा आधारीत यो गीतले झुटो माया लाएर स्वार्थ पुरा गरीसकेपछि छोडेर जाने प्रेमिकालाई विशेष सन्देश दिएका छन् । कि माया भनेको के हो ?
र अन्तमा चार जनाको सामुहिक स्वरमा रहेको चञ्चली यो गीत गाउंघरकी १६, १७ बर्षकी मायालाई विदेशमा बसेर सम्झीएका छन् । चञ्चली मायाको लजालु आंखा हंसीलो मुहारले हामीलाई मोहोनी लगाएर पलपल सतायो भन्दै प्रवासको एक कुनाबाट गाउंघरकी चञ्चली मायालाई सुनाएका छन् । आशा गरौं यी सृजनशिल युवाहरुले भविष्यमा सम्पूर्ण स्रोतालाई गीत संगीतबाट पूर्ण मनोरञ्जन दिलाउने छ ।
सम्वाद सहयोगी कृष्ण गाउंले नेपाल मलाया खबर डट कम
| पाठक प्रतिक्रिया |
| tapai ko git sune ramro lagyo thanks aafno bacheko samayako upayog garnu bhayako ma khusi lagyo thanks & best of luck also |
| santosh lama|29-Sep-2008 14:03:11 |
| thanks parai desma aayar pani yati matho git hahile sunya payou . dherai pargati garnus dherai aagadi badnus yahi6 mero suvakamna . ra tapai haruko yo satha kahile na6utos np gayara pani tapai haruko git sunna pau . good luck . |
| |29-Sep-2008 13:50:27 |
| पाठक प्रतिक्रिया | |
|
|