


आज भन्दा दुई बर्ष अगाडि रोजगारको सिलसिलामा काठमाण्डौं जोरपाटीस्थित नयां बस्तीबाट मलेसिया प्रवेस गरेकी समी सेन्चुरी हाल जोहोर राज्यको KARYATAMA MITRA SEJATI SDN/BHD कम्पनीमा कार्यरत छिन् । मलेसियामा नेपाली महिलाहरुको लागि रोजगारको अवसर खुले पछि उनी पनि मलेसिया हामफलेकी हुन । उनको बुबा पनि बैदेशीक रोजगारीमा हाल दुबैमा कार्यरत रहेको उनी बताउछिन् ।
घरमा आम र भाई मात्र छन् समीको परिवारमा आमा र बाबाको सललाह अनुरास नै पैसा कमाउन हिडेकी २२ बषिर्य समी प्रवासमा जिवन साथी पनि रोज्न सफल भएकी छिन् । उनी भन्छे \"अब एक बर्ष पछि स्वदेश गएर बिबाह गर्ने तयारीमा छौं ।\" \"यो कुरा घरमा पनि थाहा भइसकेको कुरा उनी बताउछिन् । शुरु शुरुमा कम्पनीमा काम गर्दा आंशु झार्नु पर्Юथ्यो तर आज भोली कम्पनीको कठिन काम पनि सहज लाग्न थालेको छ । स्वदेशमा रहदा हातमा किताब कपि र कलम बोकेर हल्लीने बानी विदेशमा आए पछि मात्र थाहा भयो दुःख कस्तो हुन्छ भनेर ।\" विभिन्न देशका श्रमिकहरु संग संगै काम गर्ने र घुलमिल भई संगै बस्ने गर्दा खुशीको अनुभव भएको उनी बताउछिन् ।
मलेसियमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरमा भाग लिइरहने समी आफ्नो कला र गला हुनेहरुले जाहां पनि कला र गला प्रस्तुत गर्न सकिने कुरा बताउछिन् । प्रायः नृत्यमा कम्मर मरकाई मरकाई नृत्य प्रस्तुत गर्ने समी विदेशमा यस्तो अवसर पाईन्छ भन्ने कलपना पनि नगरेको कुरा बताउछन् । कृष्ण गाउंलेको फोन पत्रमा तथा रुकु रिमालको बोलेका ताबेले गीती एल्बमा समते अभिनय गरिसकेकी समीले साहूको कामबाट बचत समयलाई उचीत ठाउंमा प्रयोग गरेको अनुभव बताउछिन् ।
| पाठक प्रतिक्रिया |
| good sami best off luck but please don't be like a indonesia girls ok |
| narayan|03-Sep-2008 08:00:32 |
| पाठक प्रतिक्रिया | |
|
|