


आज भन्दा तीन बर्ष पहिले मलेसिया प्रवेष गरेका काभ्रेली कान्छा वा सन्तोष लामा हाल MALAYSIA STEEL WORKS KL SDN.BHD COMPANEY मा कार्यरत छन् । काभ्रे जिल्ला धुलिखेल ३ स्थाई घर भएका काभ्रेली कान्छो विवाहित हुन । २५ बषिर्य कान्छो मलेसियामा हुने हरेक सांस्कृतिक कार्यक्रमहरुमा भाग लिने गरेका छन् । आफ्नो जातियता, भाषा, लिपी, संस्कृतिलाई जोगाउन प्रदेशमा कृयाशील व्याक्ति मध्य उनी पनि एक हुन । मलेसियामा स्थापित तामाङ समाजको प्रतिनिधी गर्दै आएका कान्छो भन्छन् सेवा नै धर्म हो ।
बिरानो ठाउंमा आफ्नो नेपली सांस्कृतिक कार्यक्रमहरुमा भाग लिएर कला प्रस्तुत गर्न पाउदा खुशी भएको बताउनछन् । विभिन्न कार्यक्रमहरुमा कला प्रस्तुत गरिसकेका कान्छो हालै सम्पन्न जोहोरमा भागलिन गएको बेला भने धोका खाएको बताउछन् । साथी भनेपछि ज्यानै दिने कान्छो बिधार्थी जिवनमा प्रेममा धोका खाएको बताउछन् । कसै संग प्रेम गरे पनि मागेर बिवाह गरेका कान्छोका एक छोरा छन् । संगीत क्षेत्रलाई नै निरन्तरता दिएर आफ्नो क्यारीयर बनाउने उनको भनाईछ । कसको प्रेरणाबाट संगीत क्षेत्रमा हाम फलीयो ? भन्ने प्रश्नमा उनी भन्छन् बिधार्थी जिवन देखिनै शिक्षिका मञ्जु देवी अधिकारीको ठूलो योगदान र प्रेरणा रहेको बताउछन् ।
भर्खरै मलेसियामा रेकडिङ सिध्याएर प्रतिक्षामा रहेका लामा \"विवस\" एल्बम लिएर चाडै स्रोता सामु आउदैछन् । स्रोताहरुले मनपराई दिनुहुनेछ भन्ने कुरामा आफु विस्वस्त रहेको बताउछन् । उक्त एल्बममा लोक तथा आधुनीक गीतहरुको संगालो चारवटा रहेकोछ । उक्त एल्बमका गीतहरुमा हामी विदेश किन आयौं हाम्रो उद्देश्य के हो र दिदी भाईको विछोडको पीडालाई समेटिएको छ ।
गायीका माया लामाङ र काभ्रेली कान्छोका विवस सफल बनोस सम्पूर्ण स्रोताहरुको मन जित्न सफल बनोस् भन्ने अगि्रम शुभकामन ।
| पाठक प्रतिक्रिया |
| kasta garera uhako nombar pani dinuhunthyo ki krisna gaule ji ma tapai prati aabhari hune thiya. |
| |14-Oct-2008 12:07:06 |
| soltee tapai ko biwas album ko safalta ko lagi agrim suvhakamana,hope alll of peple like u r new album |
| mintamu|19-Sep-2008 00:44:20 |
| yo ta ati nai bhayo timi haru lai thaha 6 magar bhaneko lede ho tehi bhaer malasiya ma pani afno sangh kholeko kin kholnu paryo.akhir sabai nepali nai ho .kin yo jaat tyo jaat bhannu paryo yo kumal kanchha lai thik lagen. |
| kumal kanchho|13-Sep-2008 04:01:55 |
| tamang samaj le krishna gaunle lai thandebad din6 santos lama lai sahayag garekoma |
| |12-Sep-2008 13:09:47 |
| thank you krishna gaunle this is my friend |
| |11-Sep-2008 07:18:42 |
| पाठक प्रतिक्रिया | |
|
|