


कलाकारलाई राम्रो निर्माता तथा साथीको आवश्यकता
काठमाण्डौं स्थित नमस्ते मेनपावर मार्फत १५ महिना अगाडि मलेसिया आएकी गायिका माया लामा साहूको कामबाट बचत समयलाई \\\"विवस\\\" एल्बममा सदुपयोग गरेकी छिन् । कलाकारलाई राम्रो निर्माता र साथीको आवश्यकता पर्छ भन्ने लामा युवा गायक कृष्ण गाउंले र सन्तोष लामाको सहयोगमा संगीत क्षेत्रमा अगाडि बढिरहेको बताउछिन् । प्रस्तुत छ उनि संग नेपाल मलाया खबरले गरेको कुराकानी ।
स्वागत छ तपाईलाई नेपाल मलाया खबर डट कममा
तपाई लगायत सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद ।
आफ्नो व्याक्तिगत र तपाईको पारिवारिक जानकारी गराई दिनुहुन्छ कि ?
म माया लामा, स्थाई घर नुवाकोट दुई, मरो परिवारमा बाबा, ममी, दुई दिदी र दुई दाजु हुनुहुन्छ । १५ महिना अगाडि रोजगारको सिलसिलामा मलेसिया आएकी हुं हाल प्झबक क्भचष्ज क्रद्य केएमा कार्यरत छु ।
तपाई राम्रो गायीका हुनुहुदो रहेछ, संगीत क्षेत्रलाई कुन रुपमा लिनु भएको छ ?
गीत संगीतलाई कलाको रुपमा लिएकी छु, गीत संगीत भनेको पूजा र त्याग हो । भविष्यमा गीत संगीत क्षेत्रबाट नै चम्किलो तारा बनेर अगाडि बढ्न चाहानछु ।
भविष्यको अन्य योजना के छ ?
एउटा सफल गायीका बन्न चाहान्छु । हाल नेपाली गीतहरुको बजार दिन प्रतिदिन राम्रो हुदै गएको छ । जातियतालाई अन्तर जातियतामा परिणत गर्ने कोशीष गर्ने छु । समाजका विकृति विसंगतीहरुलाई गीत संगीत कै माध्यमबाट जनचेतना फैलाउने सोंच लिएकी छु ।
गीग संगीत क्षेत्रमा कहिले देखि प्रवेष गर्नु भयो ?
विधार्थीकालमा वालगीतहरु गाउथे, विधायलको प्रत्येक कार्यक्रमहरुमा सहभागी बन्थे गीत गाउने शुरुवात चाहिं कक्षा चारमा पढदा देखि भएको हो ।
गीत संगीतबाट भविष्य पक्कै उज्वल होला त ?
कुनै पनि गायीका वा गायकले राम्रो गीत स्रोता सामु पुर्Юयापछि भविष्यमा केहि परिर्वतन हुन्छ भन्ने विश्वास मलाई छ, र म पनि भविष्यमा राम्रा राम्रा गीतहरु गाएर स्रोताहरुको मन जित्न सक्नेछु भन्ने विश्वास लिएकी छु ।
हाले रेकडिङ सकिएको \\\"विवस\\\" एल्बमा तपाईले गाउनु भएको गीतहरु मध्ये तपाईलाई मन पर्ने गीत ?
प्रायः सबै गीतहरु राम्रै छ, त्यसहरु मध्ये पनि मन पर्ने शब्द र गीत चाहिं \\\"जानु भयो मुग्लान पारी\\\" भन्ने रहेको छ ।
गीत संगीतमा कस्को प्रेरणबाट अगाडि बढदै हुनुहन्छ ?
सानो छदा डियोमा प्रसारीत गीत संगीत सुन्थे, नाच्थे, विधालयमा वालगीतहरु गाउथे, मेरा शिक्षकहरु र साथी मेरो कलाको प्रसंसा गर्नुहुन्थ्यो त्यही मेरो प्रेरणा हो ।
गीत संगीतको अतिरिक्त के गर्नुहुन्छ ?
म अहिले रोजगारको सिलसिलामा आएको हुदा साहूको काममा व्यस्तछु फुर्सदको समयलाई गीत संगीत क्षेत्रलाईनै खर्चेको छु ।
भर्खरै रेकडिङ सकिएको \\\"विवस\\\" मा गीत गाउदा कस्तो अनुभव भयो ?
मैले सोचेको पनि थिइन रोजगारको सिलसिलामा आएर \\\"विवस\\\" का गीतहरु गाउन पाउदा धेरै धेरै खुशी छु ।
अन्तमा केही भन्नै पर्ने कुरा भए भन्नुहोस् ?
तपाईहरुको लोकप्रीय अनलाईन पत्रिका नेपाल मलाया खबर डट कममा मेरो आफ्नो व्याक्तिगत कुरा राख्नलाई स्थान दिनु भएकोमा यस पत्रिकाको उत्तोर उत्तर प्रगतीको कामना साथै देश विदेशमा रहनुहुने मेरा साथीहरुलाई बडा दशैं तथा शुभ दिपावलीको अग्रमीम शुभकामना एवं समस्त नेपाली दाजुभाई तथा दिदीबहिनहिरुलाई पनि शुभकामना दिन चाहान्छु ।
| पाठक प्रतिक्रिया |
| nepalma geet gauna sakena malaysiama gaune yo ramro bhayana |
| prateek|30-Sep-2008 11:51:07 |
| dhaynabad malaya singer |
| kale magar|30-Sep-2008 11:49:06 |
| malaysiama geet gayakoma thanks somuch |
| kamal|25-Sep-2008 14:31:22 |
| dhan bahadur tamang|23-Sep-2008 12:40:10 |
| Hey what r u doing there in Malaysia.You have a lots of talent.Why don't u try to sing more for your album.best of luck for your bright future. |
| hom thapa magar|22-Sep-2008 18:03:44 |
| thanku msya singer |
| jiban|22-Sep-2008 03:49:20 |
| पाठक प्रतिक्रिया | |
|
|