

अगष्ट १० तारिख आईतबारका दिन दक्षिण कोरियाको राजधानी सउलको दोंगुक युनिभर्सिटीमा एन आर एन कोरियाद्धारा आयोजित बुद्ध नेपाल प्रोजेक्टको परिचयात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
दुई चरणमा बिभाजित उक्त कार्यक्रममा पहिलो चरणमा उद्घाटन र शुभकामना मन्तब्य तथा दोस्रो चरणमा सांगितिक, झांकी र कला प्रदर्शन गरिएको थियो । एन आर एन कोरियाका अध्यक्ष गंगा राज राईको सभापतित्व र नेपाली दूतावासका महामहिम राजदूत कमल प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा कोरियामा रहेका बिभिन्न गुम्बाका भिक्षुहरु, कोरियाका लागि बंगलादेश र पाकिस्तानका राजदूतहरु, नेपाली दूतावासका उपनियोग प्रमुख यादव खनाल, एन अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष देव मान हिराचन, एसिया प्यासेफिक सह संयोजक रुद्र शर्मा, आई सी सी सदस्य तेन्जी शेर्पा, एन आर एन जापानका अध्यक्ष भवन भट्ट, नेपाली सम्पर्क सम्पर्क समितिका अध्यक्ष ईश्वर केसी र कोरियामा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बिशेष आतिथ्य र नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
गैर आवासीय नेपाली संघको नेपाल पर्यटन प्रवर्द्धन समितिको कृयाकलाप अन्तर्गत भएको उक्त कार्यक्रम तयारी देखि अन्तसम्म संस्थाका कोषाध्यक्ष तथा बुद्ध नेपाल समितिका संयोजक श्री दिनेश हिराचनको संयोजकत्वमा भएको थियो । उपस्थित अतिथिहरुलाई स्वागत गर्दै एन आर एन कोरियाका उपाध्यक्ष ध्यान राईले भगवान गौत्तम बुद्धको जन्मथलो नेपालमा हो र आजको युगमा हामी समस्त नेपालीहरुले बुद्धको नामलाई अझ प्रभावकारी रुपमा फैलाएर नेपालको पर्यटन बिकासमा महत्वपूर्ण योगदान दिनलाई हामी सबै लागिपर्नु पर्ने बताउनु भयो । कार्यक्रमको सन्चालन आन आर एन कोरियाका राष्ट्रिय संयोजक डा. देवी बस्नेतले गर्नु भएको थियो ।
दक्षिण कोरियाका बिभिन्न नेपाली संस्थाहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य बुद्धको जन्मथलो ईण्डिया नभई नेपाल हो र अनेकतामा एकता भएको हाम्रो देश नेपाल बिश्वको मनोरम स्थलहरु मध्ये एक हो भन्ने रहेको थियो । यहि कुरा दर्शाउन र बुझाउन एन आर एन कोरियाले आफुसंग सम्पर्कमा रहेका सम्पुर्ण कोरियन नागरिकहरु लगायत नेपाल भ्रमण गरिसकेका, नेपालको भ्रमण गर्न चाहने, नेपाललाई मन पराउने देखि लिएर नेपालको बारेमा जान्न चाहनेहरुलाई समेत निमन्त्रणा गरी थुप्रै संख्यामा कोरियन नागरिकहरुलाई निःशुल्क रुपमा कार्यक्रममा उपस्थित गराईएको थियो । भगवान् बुद्धको जन्मथलो नेपाल हो भन्ने सन्देशलाई कोरियन समुदायमा प्रचार प्रसार गरी नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रमलाई टेवा दिने उद्देश्यले आयोजना गरिएको यस किसिमको कार्यक्रम कोरियामा नै पहिलो पटक हो । दिनको ठीक २ बजेदेखि शुरु गरिएको उक्त कार्यक्रमलाई थप महत्व दिंदै छिमेकी राष्ट्र जापानबाट एन आर एन आई सी सीका उपाध्यक्ष श्री देव मान् हिराचन, एन आर एन जापानका अध्यक्ष भबन भट्ट र एन आर एन जापानकै सदस्य सुदन कुमार थापा कोरियाको २ दिने भ्रमणमा आउनु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्नु हुंदै राजदूत कमल कोइरालाले भगवान गौत्तम बुद्धको जन्मथलो नेपाल हो र हामी सबैको लागि गौत्तम बुद्ध प्रेरणाको स्रोत हुनुहुन्छ गौत्तम, बुद्धले देखाउनु भएको शान्तिको मार्गलाई हामी सबैले पछ्याउन सकेमा हामी सबैको कल्याण हुने कुरा बताउनु भयो । अतिथिको आसनबाट बोल्नु हुंदै एन आर एन आई सी सीका उपाध्यक्ष देव मान हिराचनले भगवान बुद्धको जन्मथलो नेपाल हो भन्ने कुरालाई एन आर एनले कोरियामा मात्र नभएर बिश्वब्यापी रुपमा यसलाई अझ प्रचार प्रसार गरी अघि लैजाने बताउनु भयो । त्यसैगरि एन आर एन जापानका अध्यक्ष भवन भट्टले यस कार्यक्रमबाट आफुले धेरै कुरा सिकेको र आगामी दिनमा बुद्ध नेपाल कार्यक्रमलाई अझ बिस्तृत रुपमा लैजानका लागि एन आर एन कोरियासंग सहकार्य गर्दै जापानमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो । त्यस्तै गुम्बाका भिक्षुहरु र अन्य आमन्त्रित अतिथिहरुले पनि गौत्तम बुद्धको जन्मथलो नेपाल हो भन्ने बिषयलाई प्रष्ट पार्नु भएको थियो ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम नेपाल कोरिया सांस्कृतिक मन्चको राष्ट्रिय गीतबाट शुरु गरिएको थियो साथै कोरियामा रहेका नेपालीहरुले बिभिन्न सांस्कृतिक, झांकी, तामाङ सेलो र अन्य सांस्कृतिक कला प्रदर्शन गरेर नेपाली कला र संस्कृतिको पहिचान गराएका थिए । कार्यक्रमलाई थप रोचकता दिन एन आर एन कोरियाको निमन्त्रणामा नेपालबाट आउनु भएकी प्रसिद्ध भिक्षुणी आनि छोइङ डोल्माले सांगितिक माध्Юयमबाट दर्शकहरूलाइ भरपुर मनोरञ्Юजन दिंदै बीचबीचमा बुद्धको सन्Юदेश र मन्Юत्रहरूलाइ
| पाठक प्रतिक्रिया | |
|
|