

नेपाली आदिवासी जनजाति महासंघ यूएईले यही अगस्त १५ तारिखका दिन यूएईको को बरदुबईस्थित एभरेष्ट इन्टरनेश्नल होटलमा विश्व आदिवासी दिवस २०६५ मनाउने भएको छ ।
संस्थाका महासचिव छत्र लामादारा प्रेसित विज्ञप्ति अनुसार उक्त समारोहमा विभिन्न जनजातिहरुको कला र संस्कृति झल्काउने प्रकारको विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै वर्तमान सन्दर्भमा आदिवासी जनजातिहरुको हक अधिकार र विविध सवालहरुमा अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|