
लगातार पाँच दिनदेखिको यातायात बन्दले गर्दा पूर्वाञ्चलको जनजीवन थप कष्टकर बन्दै गएको छ । चालक कृष्ण भुजेलको हत्याको विरोधमा यातायातकर्मीले पूर्वाञ्चलमा गरेको यातायात बन्दका कारण पूर्वाञ्चलका बासिन्दा आक्रान्त बनेका छन् ।
मृतक चालक भुजेलको परिवारलाई उचित क्षतिपूर्ती तथा सडक सुरक्षाको मागगर्दै पूर्वाञ्चलका मेची, कोशी र सगरमाथा अञ्चलमा यातायात बन्द गराएका कारण तीन अञ्चलका १६ वटै जिल्ला पूर्णरुपमा प्रभावित भएका छन् । लामो बन्दले सवारी साधन चल्न नसक्दा कैयौं यात्रीहरू बाटोमै अलपत्र अवस्थामा रहेका छन् ।
भारतको जोगवनी हुदै नेपालतर्फ आउने यात्रुहरू सवारी साधनको अभावमा महँगो भाडामा रिक्सामा सय किलो मिटरसम्मको यात्रा गर्न बाध्य भएका छन् ।
सवारी आवागमन ठप्प हुँदा यात्रीहरू भारतको बाटो हुँदै यात्रा गर्न थालेका छन् । सवारी साधनको अभावमा पूर्वका मुख्य सहरहरूमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
यातायात नचल्दा पूर्वाञ्चलमा खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको हांहांकार भएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|