

संविधानसभामा शुक्रबार प्रधानमन्त्रीका लागि भएको चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ूप्रचण्डू प्रधानमन्त्रीमा बिजय भएका छन् ।
शुक्रबार संविधानसभामा भएको चुनावमा प्रचण्ड ४६४ मत पाई बिजय भएका हुन् । उनको बिपक्षमा ११३ मत परेको थियो । संविधानसभामा ५७७ जना सभासद उपस्थित भए पनि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तथस्थ रहने घोषणा गरेका थिए भने नेपाली कांग्रेसले उनको बिपक्षमा मत दिएको थियो । यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद पनि मतदानमा सहभागि भएनन् । प्रचण्डलाई एमाले, मधेसी जनअधिकार फोरमलगायत संविधानसभामा रहेका २१ दल तथा स्वतन्त्र सभासदको समर्थन थियो ।
बि. सं. २०११ सालमा कास्कीको ढिकुरीपोखरीमा जन्मिएका प्रचण्डले २०२९ सालदेखि राजनीति सुरु गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी चोथो महाधिवेशनबाट २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टी मशालका महामन्त्री बनेका थिए । २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा केही अघि गठित नेपाल कम्युनिष्ट पार्टी माओवादीको उनी संस्थापक महामन्त्रीसमेत हुन् । २०५७ सालमा भएको माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनबाट त्यस पार्टीको उनी अध्यक्ष बनेका थिए । २०६२ र ६३ को आन्दोलनको सफलतापछि उनी खुला राजनीतिमा आए र संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुलेका हो ।
| पाठक प्रतिक्रिया | |
|
|