
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आगामी सेप्टेम्बर १५ मा गोर्खामाथि जारी भेदभाव विरुद्ध लण्डनमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ । गत २ अगष्टमा गेसो युकेका अध्यक्ष सन्तोष थुलुङको अध्यक्षतामा अल्डरसटमा बसेको गेसो केन्द्रीय समिति तथा गेसो युकेको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो । वैठकमा गेसोका केन्द्रीय सभापति पद्म बहादुर गुरुङ तथा कानूनी सल्लाहकार गोपाल शिवाकोटी चिन्तन समेतको सहभागिता रहेको थियो ।
सबै
गोर्खाहरूले बेलायतमा आवासीय भिसा पाउनुपर्छ भन्ने माग गर्दै लण्डनस्थित उच्च अदालतमा दर्ता गरेको मुद्दामाथि सेप्टेम्बर १६ र १७ का दिन हुने सुनुवाईको पूर्वसन्ध्यामा हुन लागेको यस प्रदर्शनीलाई बेलायतको दोस्रो ठूलो दल लिवरल डेमोक्रेटिक पार्टीले सक्रिय समर्थन गर्दै सहभागी हुने प्रतिवद्धता जाहेर गरेको आसफोर्डस्थित स्थानीय भीमराज तुम्बाहाम्फेले बताए ।यस
विरोध प्रदर्शनमा व्यापक ऐक्यवद्धता र सहभागिताका लागि अन्य राजनीतिक पार्टी तथा संघ संस्थाहरूसंग पनि सम्पर्क भइरहेको गेसोका महासचिव महेन्द्रलाल राईले जानकारी दिए । सम्पूर्ण गोर्खालाई कुनै भेदभाव विना बेलायतमा आवासीय भिसाको अधिकार हुनुपर्छ भन्दै मुद्दालाई पनि गेसोले तिब्र बनाएको छ ।पेन्सन
सवालमा गोर्खाहरूमाथि नेपाल मात्र नभई बेलायत भित्रै भेदभाव भइरहेको विषयलाई गेसोले चर्को रुपमा उठाएको छ । उपयुक्त समयमा पेन्सन मुद्दालाई पुनः अदालतमा लगिने योजना रहे पनि समान पेन्सनको माग पूरा गर्न निरन्तर रूपमा गोर्खाहरूको सशक्त आन्दोलन तथा बेलायतका प्रमुख राजनीतिक पार्टीको सक्रिय सहयोग र समर्थन नै छिटो, छरितो र प्रभावकारी हुने कानूनी सल्लाहकार चिन्तनले बताए ।| पाठक प्रतिक्रिया | |
|
|