

बस चालक कृष्ण भुजेलको हत्याको विरोधमा यातायात व्यवसायीहरुले गरेको बन्दका कारण सातौं दिनपनि पूर्वी नेपालको चार अञ्चलमा यातायात ठप्प रहेको छ ।
उनीहरुले शान्ति सुरक्षाको माग गर्दै अनिश्चितकालिन बन्द गरेका कारण दैनिक उपभोगय वस्तुको अभाव भएको छ । पूर्वी पहाडि जिल्लाहरुमा खाद्यान्नको ढुवानी नहुँदा भोकमरीको खतरा देखिएको छ ।
व्यवसायीले दोषिमाथि कारबाही नभए भदौ १ गतेदेखि देशव्यापी यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । बन्दका कारण घण्टौं हिडेर सर्वसाधारणहरु गणतव्यतीर जानका लागि बाध्य भएका छन् ।
| पाठक प्रतिक्रिया | |
|
|