
बस चालक कृष्ण खवासको हत्याको बिरोधमा एक सातादेखि बन्द पूर्वाञ्चलको यातायात बन्द फिर्ता भएको छ । सरकार र ब्यवसायीबीच आज भएको वार्तामा मृतक खवासको परिवारलाई २१ दिनभित्र दशलाख रुपैयां दिने लगायत ६ बुंदे सहमति भएपछि आन्दोलन व्यवसायी एंव मजदुर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने घोषणा गरेका हुन ।
सहमति
भएका अन्य बुंदामा मृतकका छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने, यातायात व्यवसायी र मजदुरको सुरक्षाको लागि सरकारले कडा व्यवस्था अपनाउने, हत्यारालाई खोजी गरी कडा कारवाही गर्ने प्रतिवद्धता सरकारले जनाएको छ । गृहसचिव उमेशप्रसाद मैनालीले हत्याको घटना गमभीर भएको बताउदै राजमार्गमा सुरक्षा व्यवस्था कडा पार्ने आफूहरु सक्रिय रहेको बताउनु भयो ।गत
२३ गते राति धनकुटाको हिलेबाट काठमाण्डौं जादै गरेको ना २ ख ४५८६ नम्बरको बसका चालक झापा दुर्गापुरका कृष्ण खवासलाई सर्लाहीमा लुटेरा समूहले गोली हानी हत्या गरेपछि व्यवसायी र मजदुर आन्दोलन भएको थियो ।| पाठक प्रतिक्रिया | |
|
|