
राजधानीको गौरिघाटस्थित उप राष्ट्रपति परमानन्द झाको निवासमा सोमबार बिहान साढे सात बजे वम विष्फोट गराइएको छ ।
घर पछाडिबाट फालिएको सकेटवम विष्फोटमा परी नेपाली सेनाका श्रीप्रसाद सर्वुजा घाइते भएका छन्। घाइते सैनिकलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको भए पनि खतराबाट बाहिर रहेको बताइएको छ ।
उपराष्ट्रपति झा र उनका परिवार विष्फोटका बेला घरमै रहे पनि सबै जना सुरक्षित रहेका छन । उपराष्ट्रपतिका लागि सरकारी निवासको अहिलेसम्म व्यवस्था भएको छैन।
विष्फोटको जिम्मा राष्ट्रिय मुक्ति सेनाले लिएको छ । उपराष्ट्रपति झाले हिन्दीमा सपथग्रहण गरेपछि राष्ट्रिय भावना विपरित भन्दै देशभर आन्दोलन चर्किएको थियो। सायद त्यसैले होला कहिल्यै नाम नसुनिएको राष्ट्रिय मुक्ति सेना नामको नयाँ संगठनले बम प्रहारको जिम्मा लिएको ।
| पाठक प्रतिक्रिया | |
|
|