
राष्ट्रपति डा. रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' लाई आज अपराहृन ३ बजे पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ ।
नेपालको राजनीतिक इतिहासमा निर्वाचित राष्ट्रप्रमुखले सरकार प्रमुखलाई शपथ गराउन लाग्नुभएको यो पहिलो अवसर हो ।
राष्ट्रपति कार्यालयका सचिव डा। रामहरि अर्यालकाअनुसार नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्षसमेत रहनुभएका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको कार्यालयमा शपथ गराइने कार्यक्रम रहेको छ ।
शपथ लिएलगत्तै प्रधानमन्त्रीले नयां मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको बताइएको छ ।
दलहरूबीच सहमतिका विषयहरूमा टुङ्गो लागेमा मन्त्रिपरिषद्को पूर्ण आकार आउने र सहमति कायम हुन नसकेमा सानो आकारको मन्त्रिपरिषद्को घोषणा हुने थाहा भएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|