
राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' लाई आज सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित ऎक समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश केदारप्रसाद गिरी, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको उपस्थिति रहेको थियो ।
यसैगरी समारोहमा पूर्व प्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सभासदहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, विदेशी कूटनीतिक नियोगका प्रमुखलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|