

भारत सरकारले लिजमा लिई प्रयोग गर्दै आएको कोशी ब्यारेजको पानी निकासका लागि ढोका नखोलिदा बढेको पानीको चापका कारण फुटेको सुनसरीको कोशी खण्डमा निर्मित चार वटा बाँधहरुले कटान बढाएको छ । बाँध फुटेपछि हजारैंको संख्यामा स्थानीय जनता त्रासका कारण घर छोडी सुरक्षित स्थानको खोजि गर्दै सदरमुकाम इनरुवा पुगेका छन् ।
नेपालसंग लिजमा लिई भारतले प्रयोग गर्दै आएको सुनसरीको पश्चिम कुशाँहा ,हरिपूरका क्षेत्रमा निर्मित १२९० ,११७० ,१२१० र १०६० नम्वरका बाँधहरु पानीको तिव्र बाहावका कारण तिव्र गतिमा कटान हुँदै अएपनि सम्वन्धीत पक्षले भारत सरकारले समयमै मर्मत कार्य नगर्दा आज सो अवस्था आएको स्थानिय बासिनदाले बताएका छन् ।
गए राति देखि पूर्णरुपले त्रसित बनेका सो भेगका बासिन्दाहरु आज बिहानैदेखि आआफना घर छोडी हजारौँको संख्याँमा सदरमुकाम इनरुवा र आसपासका सुरक्षित स्थानमा सरण लिन बाध्य भएका हुन । एक साता अघिदेखि नियमित रुपमा कटान हुदै आएका सो बाँधहरु मध्यै १२९० र १२१० नम्वरको बाँध ९० प्रतिसत कटानहुन पुगि बाधँ भतकीने संभवाना बढेपछि सुनसरीको कोशी आसपास क्षेत्रमा अवस्थीत हरिपूर श्रीपूर, जुधगंज र कुशाहाका स्थनिय बासिन्दाहरु आज ढेला, टयक्टर, ट्रक र अन्य सवारी साधाहरु प्रयोग गर्दै आ-आफ्ना घरवार छाडेका छन् ।
सम्भावित खतरालाई मध्य नजर गर्दे सुनसरी प्रशासनले उद्धारका लागि ठुलो संख्याँमा सुरक्षकर्मी परिचालन गरेको छ भने जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु, रेडक्रसकर्मीहरु अहिले घटना स्थल पूगेका छन् ।
स्थितिलाई साम्य पार्न कोशी ब्यारेज प्रशासनले बिहान १० बजेदेखि त्यहाँका सवै ढोकाहरु पूर्णरुपले खोलिदिएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|