

प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच बुधबार भारतको राजधानी दिल्लीमा भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको निवासमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्री प्रचण्ड दक्षिण तथा दक्षिण पूर्वी एसियाका सात देशहरुको एउटा संगठन (बिमस्टेक) को आज हुने सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका हुन् ।
यसअघि गत सेप्टेम्बर महिनामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणकाक्रममा उठाएका विषयहरुमै थप छलफल भएको अधिकारीहरुले बताएका छन् । वार्तामा जारी शान्ति प्रकृया, जलस्रोत आदि विषयमा छलफल भएको बताईन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|