

शाही मन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापालाई संविधान निर्माणका लागि ज्ञापन पत्र बुझाएको बिषयमा नेपाल पत्रकार महासंघभित्र विवाद देखिएको छ ।
संविधान निर्माण प्रक्रिया अविलम्व शुरु गर्न महासंघले चलाएको अभियान अन्तर्गत आज महासंघका महासचिव पोषण केसीसहित केही पदाधिकारीले कमल थापालाई ज्ञापन पत्र बुझाएपछि महासंघमा विवाद देखिएको हो ।
महासंघका कोषाध्यक्ष रमेश विष्टले थापालाई ज्ञापन पत्र बुझाउनुले स्वतन्त्रताप्रेमी र स्वाभिमानी पत्रकारको शीर निहुरिएको टिप्पणी गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै निरकुश राजतन्त्रको वकालत गर्दै हिडेका थापालाई ज्ञापन पत्र बुझाउनु आपत्तिजनक भएको बताएका छन् ।
गणतन्त्र घोषणापछि पनि राजा सहितको प्रजातन्त्र चाहिन्छ भन्दै बेलाबखतमा चर्चामा आउने गरेका छन् । उनको शासनकालमा सञ्चार गृहमा सेना पठाउने, रेडियो स्टेशनमा सुरक्षाकर्मी पठाएर सेन्सरसिप लगाउने जस्ता प्रेसमाथि अंकुश लगाउने काम गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|