

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको व्यापार, कृषि, पर्यटनसँगै जलबिद्युतमा लगानी गर्न बिमस्टेक सदस्य राष्ट्रका प्रमूखहरुसँग आग्रह गर्नु भएको छ ।
भारतको नयाँ दिल्लिमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधानसभा मार्फ नयाँ संबिधान लेख्न र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैको सहयोग आबश्यक पर्ने बताउनु भयो ।
बहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात विमस्टेकको दोस्रो शिखर सम्मेलन प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।
सम्मेलन सम्पन्न भएपछि आयोजना हुने संयुक्त प्रेस सम्मेलनमा सहभागी भई आज बेलुका प्रधानमन्त्रीले भारतीय राष्ट्रपति प्रतिभा पाटिलसँग शिष्टाचार भेटघाट गर्नु हुनेछ ।
बिम्स्टेकले व्यापार व्यवसायको प्रबर्द्धन, सडक यातायात, कृषि, सञ्चार, पर्यटन, संस्कृति, मौसम परिवर्तन, ऊर्जा, जैविक प्रविधि, विद्युत् विकास लगायतका १३ क्षेत्रलाई उच्च प्राथमिकता दिई क्षेत्रीय हित र चासोका विषयमा सदस्य राष्ट्रबीच सहकार्य गर्ने लक्ष्य लिएको छ ।
यसैगरी आतङ्कवादविरुद्धको लडाइँ, लागूपदार्थ ओसारपसार तथा विक्री वितरणमा रोक तथा प्राकृतिक प्रकोप व्यवस्थापन पक्षमा मिलेर काम गर्नुपर्नेमा बिम्स्टेकले जोड दिएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेबीच भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले नेपालमा पर्यटक प्रबर्द्धनका लागि श्रीलंका सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।
| पाठक प्रतिक्रिया | |
|
|