

प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' आज विशेष विमानबाट देहरादून प्रस्थान गर्नुभएको छ । उहां आजै अपराहृन स्वदेश फर्किने कार्यक्रम छ ।
बिमस्टेक दोस्रो शिविर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली आउनुभएका प्रधानमन्त्री \'प्रचण्ड\' देहरादून र टिहरी बाँध (डयाम) को अवलोकन भ्रमणका लागि त्यसतर्फ जानु भएको हो ।
उहाँसंग जलस्रोतमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहादुर बस्नेत, मुख्यसचिव भोजराज घिमिरे, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलगायत सात जना हुनुहुन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|