

दुर्लभ वन्यजन्तु पाटे बाघको गणना शनिबारदेखि सुरु गरेको छ । गणना चितवनको सुनाचुरीबाट सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गणनाको लागि ३० कर्मचारी र विभिन्न समुहमा १ दर्जन भन्दा बढी हात्तीहरु परिचालन गरिएको छ । नेपालमा चितवन, बर्दिया र शुक्लाफाटामा पाटे बाघ पाइन्छ । यी तीनवटै क्षेत्र र पर्सा वन्यजन्तु आरक्ष एव वरपरका वनहरुमा समेत बाघको गणना गरिने राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका योजना अधिकृत डा. नरेन्द्रमानबावु प्रधानले बताउनु भएको छ । गणकहरुको लागि यही कात्तिक २३ र २४ गते चितवनमा तालिमको आयोजना गरिएको थियो ।
जङगलमा पाइला अवलोकन र क्यामेरा ट्यापीङ गरी दुईवटा विधिबाट गणना गरिने भएको छ । सन् २००३ को गणनालाई आधार मान्न्ने हो भने नेपालमा ३ सय ५० पाटे बाघ छन् । सबैभन्दा वढी चितवन निकुन्जमा १२० पाटेबाघ रहेको तथ्याङ छ ।
तर चोरी शिकारीका कारण दुर्लभ पाटे बाघको संख्या घट्दै गएको छ । चितवन निकुन्जसगै आजबाट तराईका निकुन्ज र आरक्षमा पनि बाघको गणना भइरहेको हाम्रा चितवन सहकर्मीले जनाएका छन् ।
| पाठक प्रतिक्रिया | |
|
|