

नेपाल पत्रकार महासंघ कोरिया शाखाको विशेष अधिवेशन यही नोभेम्बर ९ मा सम्पन्न भएको छ । अधिवेशनले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका रघु त्रिपाठीलाई अध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको जानकारी प्राप्त भएको छ ।
संसारकै दोश्रो महंगो सहरमा बाँचेर नेपालीहरुका तर्फबाट र नेपालका लगि सामाजिक, राजनीतिक र अनुसन्धानको क्षेत्रमा भएका गतिविधिहरुलाई उजागर गर्दै पत्रकारितामार्फत जनसेवा गर्न पत्रकारहरुलाई अत्यन्त कठीन छ । प्रायः सबै पत्रकारहरु मजदुरीलाई प्रमुख पेशाको रुपमा अपनाई रातविरात समाचार संकलन गर्न उपस्थित हुन असमर्थ भएको बाध्यतालाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने तर्फ पनि पत्रकार महासंघ चिन्तामग्न रहेको देखिन्छ ।
पत्रकार महासंघको तत्वावधानमा कोरियामा रहेका धेरै जिम्मेवार संघ संस्था र सबै नेपालीहरुको सन्तुलित समाचार प्रवाह गर्न गराउनका लागि कसले के कस्तो भूमिका निर्वाह गर्नु पर्ला भन्ने विषयमा छलफल हुनुपर्ने, यसमा नेपाली राजदुतावासको महत्वपूर्ण भूभिका रहने र बढ्दो संख्यामा रहेका कोरियाबासी नेपालीहरुको पारस्परिक सद्भावना बढाउन हरतरहले प्रयत्नरत रहने प्रतिज्ञाका साथ सबैसँग समन्वय गर्दै पत्रकारिता क्षेत्रलाई स्वच्छ तथा निष्पक्ष रुपमा अगाडि बढाउन सबै राजनीतिक सामाजिक तथा बौद्धिक बर्गसँग छलफल तथा सरसहयोग लिदै अगाडि बढ्ने प्रतिवद्धता समेत पत्रकार संघको अधिवेशनले लिएको छ ।
महासंघको विशेष साधारणसभाले उपाध्यक्षमा सुविन्द्र मगर, महासचिवमा पुरु जोशी, सचिवमा उमेश बस्नेत र कोषाध्यक्षमा दिनेश हिराचनलाई चयन गरेको छ। सदस्यमा अशोक थापा रहनु भएको छ। साधारणसभाले अन्य सदस्यमा कार्यसमितिले मनोनित गर्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ।
| पाठक प्रतिक्रिया | |
|
|