


मितेरी सेवा समिति हङकङले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवयित्री रीता गुरुङले पोखरेली झ्याल २००८ - कवयित्री उपाधिसहित १ हजार हङकङ डलर, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
पोखरेली झ्याल अन्तर्गत पहिलो चोटी आयोजना गरिएको प्रतियोगितामा रीता गुरुङ प्रथम, लक्ष्मी थापा राई द्वितीय, राजेन्द्रकुमार थापा तृतीय, कमल पौड्याल चौथौं र चन्द्र मादेन आन्छान पाँचौं भएका छन्। विजयी कवि तथा कवयित्रीहरुलाई पोखरेली श्रष्टा सरुभक्त श्रेष्ठ र समितिका अध्यक्ष तुलसीकुमार गुरुङले नगद, ट्रफी, मेडल, घडी र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगितामा हङकङका १२ जना कवि र कवयित्रीहरु सहभागी थिए। प्रतियोगिताको निर्णायकहरुमा नेपालबाट आएका पोखरेली स्रष्टाहरु सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ र प्रकट पगेनी \'शिव\' रहेका थिए।प्रतियोगिता नोभेम्बर ११ तारिख जोर्डनस्थित नेपाल क्लवमा सम्पन्न भै पाँच सर्वोत्कृष्ट कवि तथा कवयित्रीको अन्तिम नतिजा पोखरेली झ्यालको मूल कार्यक्रममा आइतबार घोषणा गरिएको थियो।
प्रतियोगितात्मक कविता वाचन सफल पार्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सचिव पशन तमू कार्यक्रम संयोजक र अनेसास हङकङ च्याप्टरका कोषाध्यक्ष प्रकाश केसी सहसंयोजक रहेका थिए। By: Nepaljapan.com
| पाठक प्रतिक्रिया |
| good for you |
| BHAI RAJ RAI|19-Nov-2008 06:04:15 |
| पाठक प्रतिक्रिया | |
|
|