

नेकपा एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले माओवादीले आफ्नो व्यवहार र चिन्तनमा परिवर्तन नगरे उनीहरूसाग भएको गठबन्धन तोडी एमाले सत्ता बाहिरिने बताउनुभएको छ ।
प्रेस चौतारी सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीबाट कम्युनिस्ट पार्टीको नाममा जुन हत्या हिंसा भइरहेको छ, त्यसलाई रूपान्तरण गर्नु जरुरी छ भन्नुभयो ।
एमालेको स्थायी समितिको बैठकले माओवादीद्वारा आफ्ना दुई कार्यकर्ताको हत्याबारे गम्भीर आपत्ती जनाउंदै सो कार्यको घोर भत्र्सना गरिसकेको भन्दै नेता ओलीले भन्नुभयो, यदि सरकारले त्यस्ता अपराधीलाई कडा कारबाही गरेन भने एमाले चुप लागेर बस्दैन् ।
मधेसमा सशस्त्र सङ्घर्ष गरिरहेका समूहलाई वार्तामा आउन आहृवान गर्दै नेता ओलीले देश गणतन्त्रमा गइसकेकोले अब हिंसात्मक क्रियाकलाप गर्नु जरुरी देखिएन, त्यसैले राजनीतिक रूपमा संवादको बाटो खोज्नुपर्दछ भन्नुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|