

धादिङमा हत्या गरिएका दुई युवकको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार व्यक्त गर्नुभएको छ ।
राजधानीको स्युचाटारका दुई युवाको हत्या गरेको विरोधमा आन्दोलनरत स्थानीय संघर्ष समितिसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान यस्तो बताउनुभएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले दोषीमाथि कारबाही गर्ने, पीडित पक्षलाई उचित राहत दिलाउने आश्वासन दिनुभएको हो।
सरकारद्वारा विहीबार गठित छानबिन समितिको प्रतिवेदनको किटानपछि दोषीमाथि कारबाही गर्ने आश्वासन दिँदै प्रधानमन्त्री दाहालले आन्दोलनका कार्यक्रम स्थगित गर्न समितिसमक्ष आग्रह गर्नुभएको थियो। भेटमा संघर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री दाहालसँग हत्याको निष्पक्ष छलफल हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दोषीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने विषयमा सरकारको जवाफ माग गरेका छन्।
| पाठक प्रतिक्रिया | |
|
|