


दाङ ढिकुरपुर - ५ कि ५ बर्सिया बालिका साहारा शाह रगतको क्यान्सरबाट पीडित बनेकी छिन ।
वैदेशिक रोजगारीकालागी कुवेत गएका राजकुमार शाह एकाएक वि.स २०६२ सालदेखि कुवेतबाट नेपालको परिवारसँग सम्पर्क विहिन भएको उनकी श्रीमति शान्ति शाहले बताइन् ।
उनी वि.स २०६० साल भदौ १८ गते कुवेत गएका साह वि.स २०६२ सालमा सम्पर्कमा आउँदा छोरीलाई क्यान्सर रोग लागेको थाहा पाएका थिए । त्यसपछि सधै पठाउने रु २०००० पनि पठाउन बन्द गरे र सम्पर्क विहिन भएको बताउँछिन उनकी श्रीमति ।
दाङ्ग ढिकपर ,वाड नं ४ बक्कुलाई वस्ने ५ वर्षीय वालिका साहारा शाह वि.स २०६२ साल देखि रगतको क्यान्सर बाट पीडीत छिन र अहिले जीवन मरणको दोधारमा छिन् ।
हाल उनको उपचार भारतको टाटा मेमोरियल अस्पतालमा भइरहेको छ ।
घरको आर्थिक अवस्था एकदम नाजुक भएकोले गर्दा उनको परिवारले बालिकाको सहयोग का लागि सहयोगदाता हरु सँग याचना गरेका छन ।
उनलाई सहयोग गर्न चाहनेले निम्न बमोजिम को खातामा आफ्नो सहयोग प्रदान गर्न सक्नुहुनेछ।
Account Name ; Sahara Shah
Bank : Nepal Investment Bank - Putalisadak
Account Number ; 012-5238794
| पाठक प्रतिक्रिया | |
|
|