

२००३ सालमा तेह्रथुम सावला-४ मा कुमार फुदुङ्गको जन्म भएको थियो । २०१९ सालमा सुनसरी स्थित धरानबाट एसएलसी उतिर्ण गर्नु भएका फुदुङ्ग २०२२ सालमा सह-सेनानी -सेकेण्ड लेफि्टनेन्ट) बाट शाही सेनामा प्रवेश गर्नु भएको थियो । उपरथी -मेजर जर्नेल) सम्मको जिम्मेवारीपछि फुदुङ्ग ०५९ सालबाट अवकास प्राप्त गर्नुभएको हो । सेनामा रहदा समेत बिद्रोही स्वभाव रहेको बताउनु हुने फुदुङ्ग अवकासपछि जनयुद्धले पारेको प्रभावको विषयमा अध्ययन सुरु गरेको बताउनु हुन्छ । २०६३ माघदेखि माओवादीको कोटामा विधायीक सांसद बन्नु भएका फुदुङ्ग चैत्र २८ गते हुने संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्रनं २ बाट माओवादीको तर्फबाट उम्मेदवार बन्नु भएको छ । फुदुङ्गसग विराटनगरबाट हाम्रा सम्वाददाता शिवकुमार डांगीले लिनुभएको अन्तरवार्ता - देशमा विकास भइरहेको घटनाक्रमलाई कसरी हेरिरहनु् भएको छ ? मधेसी मोर्चाले उठाएको सिङ्गो मधेश एक प्रदेश भन्ने माग सहितको आन्दोलनले देशलाई अनिश्चिततातर्फ धकेलिरहेको छ । संविधानसभाको सुनिश्चिताका लागि पूर्ण समानुपतिक र संघीय गणतन्त्रको घोषणा गरियो तर कााग्रेस त्यसलाई कार्यान्वयन गर्न तयार भएन । मधेसी मोर्चाले त्यसैलाई आधार बनाएर आन्दोलनको घोषणा गर्Юयो । त्यसवेला कााग्रेसले पूर्ण समानुपाितक मानेको भए मधेसी मोर्चाले यो स्तरको बार्गेनिङ गर्न पाउने थिएनन् । अहिले संसारमा राजनीतिक विकासक्रम र प्रविधिको विकासले गर्दा साना-साना समुहले समेत समस्या सिर्जना गरिरहेका छन् । बिद्रोहीहरुले जहिले पनि राजनीतिक बार्गेनिङ गर्दछन् । राज्यले त्यसलाई जति सक्दो सहमति र सम्झौतामा ल्याउन सक्नु पर्दछ । दश बर्षको जनयुद्धले पछाडी पारिएका जनतामा जर्वजस्त चेतना ल्याइदियो । त्यो चेतनाले नै राजतन्त्रलाई सिध्याउने अवस्थामा पुर्Юयाएको छ र सात पार्टी हावी भएका छन् । पहिलो कुरा शासन गर्दा दैनिक कानुनलाई निर्देशित गर्ने श्रोत र साधन के हो खोज्नु पर्दछ । त्यो भनेको प्रहरी प्रशासन हो । दश बर्षको जनयुद्धले प्रहरी प्रसाशनको मनोवललाई कमजोर र डामाडोल पारिदिएको छ । त्यसैको कारण कााग्रेसले यथास्थितीको शक्तिलाई कायम राख्ने अवस्था सिर्जना भयो । दलित, मधेशी र जनजातिहरुको आवश्यकता माग र गुनासोलाई राम्रोसाग सम्बोधन गर्ने उपाय खोज्नु पर्दथ्यो । त्यस्तो भइरहको छैन । उनीहरुलाई राज्यले कतिसम्म दिन सक्ने हो त्यो अनुसार समेटेर लानु नै बुद्धीमानी हुन्छ । यसको मतलब संविधानसभा पर सार्ने भन्ने कुरा घातक हुन्छ । सवै जाति, क्षेत्र, लिङ्गका जनताका गुनासाहरुलाई समेटेर लानु पर्दछ । मुख्यत कााग्रेसको यथास्थितीवादी चिन्तनकै कारण नेपाली राजनीतिक परिस्थिती बिग्रीरहेको छ । शाही सेनाबाट आउनु भएको, तपाईलाई माओवादीले किन संविधानसभामा उठायो ? यो मेरा लागि गाह्रो प्रश्न भयो । यही प्रश्न मैले माओवादी नेताहरुलाई राखेको थिए । ३७ बर्ष व्यारेकमा बसेको मान्छेलाई किन चुनावमा उठाउनु भयो ? माओवादीले मलाई एक बर्ष अगाडि बुद्धिजीवीको रुपमा विधायक बनायो, एक बर्षपछि निर्वाचनमा उठाएको छ । मैले अध्यक्ष प्रचण्ड सहित माओवादी नेतृत्वसाग मेरो एक बर्षको कामको समिक्षा के छ भनेर सोधेको थिए । पार्टीले सकरात्मक रुपमा हेरेको बुझेपछि मेरो मुल्याङ्कन मुख्यत राष्ट्रिय सुरक्षा, छिमेकीहरुसाग सेना, पुलिस सहित हाम्रो सामाजिक, आर्थिक, राजनीतिक, साास्कृतिक दृष्टिकोण सकारात्मक छ भने पार्टीले गरेको निर्णयलाई मान्छु भने । मैले यो एक बर्षमा ती सम्बन्धको बिषयमा आफुले जानेको र मिल्ने सम्मको पहल गरे । यो सबै मुल्याङ्कन गरेर मलाई उठाए जस्तो लाग्छ । सेनामा काम गर्दा र राजनीति गर्दाको फरक अनुभूति के छ ? सेनामा बस्ने भनेको ड्रेस लगाएर आफु भन्दा माथिकाले आदेश दिएपछि मन नपरेको कुरा पनि मान्नु पर्ने हुन्छ । मेरो चिन्तन फराकिलो हाुदाहाुदै लेख्न, बोल्न पाइदैन थियो, त्यहाा । म रिटाएर भएर स्वतन्त्र नागरिक हुदै माओवादी विधायक भएपछि विभिन्न सञ्चार माध्यम मार्फत आफ्ना कुरा राख्ने अवसर पाएको छु । ममा राष्ट्रिय स्तरको चिन्तन पनि गुणात्मक रुपले बृद्धि भएको महशुस गरेको छु । नयाा नेपाल निमार्ण गर्ने प्रक्रियामा मेरा अनुभव र विचारलाई आदान प्रदान गर्ने अवसर पाएको छु । कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन्, तपाईले माओवादी पार्टीबाट कस्तो व्यावहार पाइरहनु भएको छ ? कम्युनिष्टहरु अर्थात माओवादी अधिनायकवादी हुन्छन् की हुदैन, भन्दा पनि उनीहरु नयाा नेपाल निमार्ण गर्ने अभियानमा जुटेका छन् । अहिले ल्याउने भनेको संघीय गणतन्त्र हो, यो परिपाटीमा सामन्ती निरशंकुशता मासिन्छ । माओवादीले विभिन्न जात, जाती, वर्ग, लिङ्ग र क्षेत्रका जनतालाई अगाडी सारेर राष्ट्र निमार्ण गर्ने जुन विचार अघि सारेको छ, त्यो महान् छ र त्यो प्रति म विश्वस्त छु । प्रत्येक चिजमा जनतालाई परिचालन गर्ने माओवादीको विचारप्रति म सहमत छु । तपाई निर्वाचनमा विजयी बन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? मुख्य कुरा मैले नभएर पार्टीले जित्ने र हार्ने कुरा हो । उठ्ने भएपछि हार्ने भन्ने हुदैन, जित्छु नै भन्ने छ । तोकिएको मितीमा संविधानसभा चुनाव हुन सकेन भने परिस्थिती कसरी अगाडि बढ्ला ? पहिलो त राष्ट्रिय स्तरको राजनीति गरिरहेको नेतृत्व बर्गले सोच्ने कुरा हो । समस्या जहाापनि भए जस्तै यहाा पनि समस्या छ । संघीय गणतन्त्रलाई संस्थागत गर्न हामी संविधानसभाको चुनाव गर्न गइरहेका छौ । अहिले मधेसी मोर्चा समस्या देखिए पनि त्यो नभए पनि समस्या आउछ । सेनामा के भन्छन् भने निश्चित ठाउालाई नियन्त्रण गर्ने आदेश भयो भने त्यो नियन्त्रण गरेर मात्रै पुग्दैन । फेरि हुने प्रतिआक्रमणको सम्भावना रहन्छ । जबसम्म प्रत्याक्रमणको हल हुदैन, तबसम्म त्यसलाई विजय भएको ठान्नु हुदैन । नियन्त्रण र प्रतिआक्रमणको प
संविधानसभा गर्न दिइएन भने विद्रोह गर्छौ भन्दैछन् नी, माओवादी ?
त्यो अवस्थामा माओवादीले होइन, जनताले नै विद्रोह गर्नेछन् । संविधानसभा माओवादीको सैद्धान्तिक अवधारणा भएको हुनाले राज्य पुनर्संरचनाको लागि संविधानसभा भएन भने जनताका माग र गुनासालाई समेटेर अगाडि बढ्नु अनिवार्य हुन्छ । हिमाल, पहाड, तराई मधेशका सवै जाति, जनजाति जनताले नयाा विकल्पमा साथ दिनेछन् ।
संविधानसभा उम्मेदवारको हिसाबले जनतालाई के भन्न चाहनुहन्छ ?
संविधानसभाको निर्वाचन भनेको संसदीय चुनाव होइन । नयाा नेपाल निमार्ण गर्न संविधान बनाउने हुनाले मसाग एक प्रकारको विशेषता छ, त्यो विशेषतालाई नयाा संविधानसभा समावेश गर्न सुनसरी क्षेत्रनं २ का जनताले अवसर दिनेछन् भन्ने कुरामा विश्वस्त छु ।
| पाठक प्रतिक्रिया | |
|
|