

स्थाइ घर खोटाङ डम्बर्खु शिवालय १ भएका थिर बहादुर दाहाल प्रवासी नेपाली एकता समाज, मलेसियाको स्थापनाकाल देखि नै समाजको लागि सक्रिय भूमिका निभाउदै आउनु भएको छ । स्थापनाकालमा सचिव रहेर समाजको कार्यमा लागिपरेका दाहाल यसबेला वर्तमान अध्यक्ष हुनुहुन्छ । समाजको अध्यक्ष ओम प्रकाश खापुङको कम्पनीको सम्झौता, कार्यवअधी पुरा भई स्वदेश फर्के पछि समाजको सम्पूर्ण जिम्मेवारी दाहालको कााधले थाम्नु परेको हो । तर स्थापना कालदेखि नै समाजलाई अगाडि बढाउनुमा दाहालको पनि निकै ठूलो भूमिका रहेको पाइन्छ । दाहाल रोजगारको शिलशिलामा विगत पांच बर्षयताबाट मलेसिया, पाहाङ राज्यको मेन्ताकाब स्थित एक फर्निचर कम्पनि कार्यरत हुनुहुन्छ शुरुमा मलेसियाबाट प्रकाशीत विभिन्न पत्र पत्रिकाहरुमा सम्वादाता तथा प्रतिनिधी रहदै गर्दा पाहाङ राज्य वरिपरीका नेपाली साथीहरु संग मिलेर समाजको स्थापना गरेका हुन । समाजको कामले व्यस्त भए पछि दाहाल पत्रिकाको काम छाडेर स्वातन्त्र रहे हाल उहां स्वातन्त्र पत्रकार तथा प्रवासी नेपाली एकता समाज मलेसियाका वर्तमान अध्यक्ष हुनुहुन्छ । उहां संग गरेको कुराकानीलाई जस्ताको त्यस्तै यहां समावेस गरेका छौं ।
तपाईहरुको प्रवासी नेपाली एकता समाज कहिले स्थापना भएको हो रु
लगभग दुई बर्ष भयो २००६ डिसेम्बर २ तारिख एक भेला पश्चात समाजको स्थापना गरीएको हो ।
समाजमा हाल सम्म कति सदस्यहरु आवद्ध छन् र ?
मलेसियाको विभिन्न राज्यहरुमा सदस्यहरु हुनुहुन्छ तर हामीले कानूनि रुपमा गठन नगरेको कारणले गर्दा एउटा राज्यमा क्षेत्रिय सदस्य भनेर चाहि राखेका छौं ।
समाजको स्थापना हुनुको उद्देश्य बताउनुहोस्न ?
जल्दो बल्लो समस्याहरु कै कारण संस्था स्थापना हुन्छ । त्यस्तै प्रवासी नेपाली एकता समाज पनि श्रमिकहरुको समस्या समधान तथा एक आपसमा सहयोगको भावना राखि हातेमालो गर्दै जाने उद्देश्यले स्थापना भएको हो ।
अन्य जातिय, राजनैतिक भातृ संघ संस्थाहरुको विभिन्न इकाई कमिटिहरु गठन हुन्छ तर प्रवासी नेपाली एकता समाजको इकाई कमिटि गठन भएको खबर आउदै न नि ?
यसमा पहिले नेपालको राजनैतिक पृष्ठभूमि हेर्नुपर्छ, मलेसिया कानूनि राज्य भएको कारण यहांको कानूनलाई पनि हामीले सम्मान तथा पलना गर्नु पर्नेहुन्छ हचुवाको भरमा विभिन्न ठाउंहरुमा इकाई कमिटि गठन गरेर हामी यो गर्छौ त्यो गर्छौ भनेर हिड्नु भन्दा पनि पृष्ठभूमिलाई नियालेर यहांको कानूनललाई पालना गर्नु सबैको कर्तव्य हो त्यही भएर हाम्रो इकाई कमिटि गठन भएको छैन । हाम्रो एउटै मात्र मूल कमिटि भए पनि अन्य संघ संस्थाहरु भन्दा धेरै राम्रा राम्रा कामहरु गरीरहेका छौं र गर्दै जाने छौं ।
साहित्यिक पत्रिका पनि प्रकाशन गर्नुहुन्छ कस्तो सफलता हाासील गर्नुभएको छ ।
हामीले यो भन्दा अगाडि प्रवासी आवाज नामक साहित्यिक पत्रिका दुई अंक प्रकाशन गरी सकेका छौं अहिले तेस्रो अंकको लागि जुटेका छौं । प्रवासी आवाजमा साहित्य प्रति रुचीराख्ने मात्र नभएर रोजगारको शिलशिलामा नेपाली युवाहरु नेपालबाट कसरी आउनुहुन्छ र प्रवासमा नेपाली श्रमिकहरु कसरी बस्नुहुन्छ रु यहां कस्तो दुःख दर्दहरु हुन्छ भन्ने सबै कुरालाई समिटिएर एउटा प्रवासी आवाज तयार भएको हुन्छ । साहित्यको विकास तथा यहांको वास्तविकतालाई उजागर गरेर सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरु माझ पुर्याउने हाम्रो जर्मको हो सफलता पूर्णरुपमा पाएका छौं ।
चलचित्र पनि बनाउने भन्ने हल्ला सुनेका थियौं नि के हो ?
यो अहिले सरसरती हेर्दा हल्ला जस्तो लाग्छ तर मैले अघि पनि भने याहांको कानूनको पालना गर्नु पर्छ त्यही भएर पनि ढिलो भएको छ । नेपालमा थुप्रै चलचित्रहरु बने तर दर्शक र सामाजिक परिवेशको चलचित्र बन्न नसकेको कारणले गर्दा हामीले प्रवासमा नेपालीहरु उनीहरुको परिवार सम्पूर्ण गतिविधी तथा नेपालको राजनीतिक पृष्ठभूमिलाई समेटेर यो एउटा छुट्टै किसिमको चलचित्र बनाउने सोंचेका हौं । कथा बस्तु तयार भइसकेको छ नेपालबाट कनूनि प्रकृया पुरा भएर आउने तरखरमा छ ।
त्यसो भए चलचित्र पक्क बन्छ त ?
यसमा कुनै शंका छैन किन कि हामी कटिवद्ध छौं ।
विभिन्न संघ-संस्थाहारुले सदस्यहरुबाट मासिक लेवि उठाउछन् रे प्रवासी नेपाली एकता समाजले मासिक लेवि कति उठाउने गरेको छ ?
यसलाई हाम्रो समाजले मान्यता दिदैन किनभने कसै संग पांच दश रुपैंया उठाएर कुनै ठूलो काम गर्न सकिदैन तर हामीले ठूलो लक्ष्य बोकेर हिडेका कारण नेपाल सरकार र मलेसिया स्थित नेपाली राजदुतावास संग सम्झौता गरेर अगाडि बढ्ने भएको कारण हाम्रो जती पनि शुभचिन्तक तथा सदस्यहरु हुनुहुन्छ उहांहरुले लेवीबापत नभएर आवश्यक कार्यमा सहयोगको भावनाले दिनुहुन्छ । त्यही हाम्रो लागि काफि छ ।
भावी दिनहरुमा समाजलाई कसरी अगाडि बढाउने सोंचमा हुनुहुन्छ ?
यो मलेसियामा बसाई भनेको श्रमिकहरुको अस्थाई बसाई हो याहां रहुन्जेल सबै संग हातेमालो गर्दै जाने समाज सेवालाई नै निरन्तरता दिने तर मलेसियामा संस्था दर्ता हुनु पर्छ हामी गर्छौ भन्दै ठूलठूला सोंचमा चाहिं हामी छैनौं । तर नेपालमा चाहिं प्रवासी नेपाली एकता समाजले यहां जसरी काम गरेको छ नेपालमा पनि यस्तै एउटा ग्रमिण विकास मञ्च भनौं या समाज, एउटा विशुद्ध संस्था नेपाल सरकार संग दर्ता गराएर एउटा अभियान चलाउने सोंचमा छौं ।
त्यसो भए तपाईको कुरा अनुसार तपाईहरु स्वदेश फर्के पछि प्रवासी नेपाली एकता समाज त्यतीकै विलाउने भयो होइन त ?
त्यसो भन्न खोजेको होइन याहां अन्य साथीहरु हुनुहुन्छ उहांहरुले हामी स्वदेश फर्केपछि पनि समाजलाई शसक्तरुपमा अगाडि बढाउनु हुनेछ । र नेपाल र्फर्के पछि पनि धेरै भन्दा धेरै साथीहरुले हामीलाई सम्पर्क गर्दै आउनुहुने छ र सघाउ पुर्याउनु हुनेछ भन्ने मलाई लागेको छ ।
यहां धेरै भन्दा धेरै विभिन्न संघ-संस्थाहरु छन् ती संघ-संस्थाहरु साग सहकार्य छ, कि छैन ?
याहां स्थापित विभिन्न संघ संस्थाहरुलाई म के भन्छु भने उहांहरुको नितिहरु काम गर्ने शैलीहरुमा कुनै शंका छैन भने यसमा सहकार्य हुन्छ, किन भने हाम्रो मूल उद्देश्य भनेकै हामी किन विदेशीनु परेको छ, श्रम कसरी बेच्नु परेको छ, यस बिषयमा कुनै पनि संघ संगठनका प्रतिनिधीहरुले गम्भीर भएर सोच्नुहुन्छ भने हामी सहकार्य गछौं । कुनै संगठन आज खडा गरेर भोली नाम निशाना देखिदैन यस्तो संगठन संग सहकार्य गरेर पनि कुनै उपलब्धी हुदैन ।
त्यो भए प्रवासी नेपाली एकता समाजको कुनै संघ संगठनहरु संग सहकार्य छैन भन्ने बुझे हुन्छ ?
हामीले व्याक्तिगत फाईदा र आफ्नो स्वार्थको लागि संगठन तयार नगरेको कारण नेपालमा सम्बन्धित निकाय संग हो र मलेसिया स्थित नेपाली दुतावास संग हो । सहकार्यको आवश्यकता एकदमै छ र सहकार्य हुन्छ पनि तर उहांहरुको निति र कार्यशैली र धारण स्पष्ट हुनु पर्छ ।
छाता संगठन हल्ला मात्रै हो भनेर भन्दै हुनुहुन्थ्यो, छाता संगठनको संक्षिप्त बताउनुहोस्न ।
वास्तवमा सही कुरा हो किन भने मलेसियास्थित नेपाली राजदुतआवास हामी सबै मलेसियामा कार्यरत नेपालीहरुको छाता संगठन हो । राजदुतावास नै सम्पूर्ण प्रवासीहरुको एउटा ओत दिने निकाय भएकोकारणले गर्दा दुतवास बाटै विभिन्न निकाय खडा गरेर श्रमिकहरुको बस्तुस्थिती छानविन अनुगमन गर्न सकिन्थ्यो। यसलाई छाता संगठन खोलेर मात्र सम्भव छ भन्ने मलाई लाग्दैन । मान्छेले पहिले कम गर्नु पर्छ अनि गर्दैछु भन्नु पर्छ । यसको प्रस्ताव राजदुतबाटै आएको हो भन्ने चाहिं सुने वास्तवमा यहां अस्थाईरुपमा तयार भएका संगठनहरुलाई ओत दिन चाहिं खोजिएको हो बरु सम्पूर्ण प्रवासी नेपालीहरुको त्यत्रो ठूलो संस्था एन।आर।एन छ त्यसैलाई विस्तार गरे हुन्छ । यो अर्को छाता संगठन भन्ने चाहिं हल्ला मात्र हो जस्तो लाग्छ । मलेसियामा एन।आर।एन विस्तार गरेर लैजानु नै राम्रो हुनेछ ।
विभिन्न संघ संगठनहरुको नाममा ठगी गरेको कुराहरु सार्वजानीक गरेका छन्, कतै छाता संगठनले पनि मजदुरहरुलाई ठग्ने मात्र त होइन ?
यसलाई खासै त्यत्रो ठूलो कुरा लिनु हुन्न तपाईले भन्नु भयो इकाई कमिटिहरुको किन गठन गर्नुभएन रु यी इकाई कमिटिहरुको कारण पनि संगठनलाई आरोप आएको हुन सक्छ जस्तै एउटा इकाई कमिटि जोहोरबारु मा हुन्छ अर्को पेनाङमा मूल कमिटि क्वालालम्पुरमा बसेको हुन्छ त्यसकारण मूल कमिटिले सम्पूर्ण इकाईहरुलाई राम्रो संग हेर्न नसकेको खण्डमा त्यहांका कार्यकताहरुले अलिकति फटाइ गरेको खण्डका ठूलो अभियोग मूल संगठनले व्याहोर्नु पर्ने हुन्छ ।
संघ संगठनको नाममा ठगी गर्नेहरुलाई के भन्नुहुन्छ ?
यदी संघ संगठनको नाममा ठगी धन्दा गरीरहेको खण्डमा प्रवासी नेपाली एकता समाज भर्सना गर्दछ । यदी स्वार्थपूतीको लागि संगठन तयार गरेका भए तुरुन्त बन्द गर्ने अनुरो गर्दछौं । यदी ठगी धन्दा गरीरहेको पाईएमा हामी सम्बन्धित निकायमा जानकारी गराएर कार्वाहिको माग गर्नेछौं ।
एकै छिन प्रसंग संघिय, लोकतान्त्रिक, गणतान्त्रिक हाम्रो नेपालको
अहिले संघिय, लोकतान्त्रिक, गणतान्त्रिक नेपालको प्रथम राष्ट्रिपतीको खोजी भइरहेको छ, दलहरुको सत्ता भ्ागवण्डा नमिले पछि विभिन्न समस्या आफैले खडा गरेको छ, यस समयमा प्रवासी नेपालीको हैसियतमा नेताहरुलाई के सन्देश दिनुहुन्छ ?
राष्ट्रपतीको बिषयमा नेपाल देखि नै गर्दै आईरहेको थिए र यहांबाट पनि प्रत्यक्ष सम्पर्क भइरहेको छ । जनताले जसलाई सरकार बनाउनको लागि अधिकार दिएको छ उसलाई अन्य राजनैतिक दलहरुले छोडिदिनु पर्छ । भोली गएर कुनै पनि अल्प मतको पार्टीहरुले सरकारको लागि दावी गर्छ भने जुन अन्य पार्टीहरुले बिजयी मत ल्याएको छ त्यो आउंदो दिनहरुमा जनताहरुले शुन्यमा पारीदिन्छ र जनताहरु नै हाम्रो शक्ति हो भनेर नेताहरुले राम्री बुझेका छैन । त्यसैले जनताको चाहाना अनुरुप जुन पार्टीलाई छानेर सरकारमा जाने अनुमति दिएको छ उसैको सरकार बन्नु पर्छ र अन्य राजनैतिक दलहरुले पनि यसमा सहयोग पुर्याउनु पर्छ ।
प्रवासमा रहेका संघ-संस्थाहरुले संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई शान्त र समृद्धि बनाउनको लागि कस्तो भूमिका खेल्नु पर्छ रु तपाईहरुको समाजको कुनै योजना छ ?
मेरो व्याक्तिगत कुरा भन्दा हाम्रो समाजको अवधारण के छ भने अब बन्ने नेपालको संविधानमा वैदेशीक रोजगार अर्थिक निति प्राकृतिक स्रोतसाधन देखि लिएर युवा व्यवस्थापनको कुरा पनि हामीले उठाएका छौं । यसमा अर्को कुरा पनि छ, विस्तारवाद र साम्रराज्यवाद, हाम्रा धेरै भूमिहरु लुटिएका छन् यस बिषयमा पनि हामी गहन रुपमा छलफल गरेर संविधान बनाउन सकिएन भने भोली राष्ट्रका नाममा हरेक कुराहरु बहिर आउने छन् । त्यसकारण प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले संविधान नबनुन्जेल सक्दो नेताहरुलाई घचघचाउने तथा अवधारणहरु प्रस्तुत गर्नु पर्ने हुन्छ ।
अन्त्यमा देश विदेशमा रहनुहुने सम्पूणृ नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई के सन्देश दिनु हुन्छ ?
हामी नेपाली हौं इमान्दार छौं । आफ्नो आर्थिक तथा वौद्धितालाई विदेशमा त्यतीकै खेर फालीरहेका छौं भोली स्वदेश फर्केर यस्तो काम गर्छु र गर्नु पर्छ भन्ने कुनै एजेण्डा बोक्न सक्दैनौ तर्सथ अबको दिनमा हामी पनि देशको माहान शक्ति हौं भन्ने भावना लिउ र हामी सधै एक्यावद्ध भएर अगाडि बढनु पर्दछ । आफू मत्र नभएर अरुलाई पनि बचाउ भन्ने हैसियतले अगाडि बढौं । भन्ने सन्देश दिन चाहान्छु ।
| पाठक प्रतिक्रिया | |
|
|