


झापा, खुदनाबारी ६, स्थाई घर भएका जितमान इम्बुङ लिम्बू अध्यानको शिलसिलामा सन २००२ मा मलेसिया प्रवेष गर्नु भएको हो इम्बूङ मलेसियाको एक शक्रिय र प्रतिष्ठित व्यापारीको रुपमा चिन्निनुहुन्छ । अध्यान कै क्रममा व्यावसाय तर्फ पाइला चालेका इम्बुङ क्वालालम्पुरमा मात्र ४ वटा रेष्टुरे0ट स्थापना गरेको बताउनुहुन्छ, तर हाल सञ्चालनमा भने दुई वटा मात्रै छ अन्य भने बिक्री गरेको कुरा उहां बताउनुहुन्छ । तीन बर्षको अध्यान पुरा गरे पश्चात व्यापारलाई नै निरनतरता दिएर अघि बढेका लिम्बू मलेसियामा स्थपीत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । समाजसेवी र सहयोगी भावनाका धनी इम्बुङ लिम्बू व्यापार व्यावसाय र समासेवा संग संगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ । उहां संगको कुराकानी यहां प्रस्तुत छ । स्वागत छ तपाईलाई धन्यवाद हाल के गर्दै हुनुहुन्छ ? व्यापार व्यवसाय र समाजसेवा । व्यापार गर्न नै भनेर मलेसिया आउनुभएको हो ? कति भयो ? अध्यानको शिलसिलामा २००२ मा मलेसिया प्रवेष गरीयो पढाइको अलवा व्यावसाय शुरु गरेको हो । तपाई जाति संस्थाको प्रतिनिधित्व गरिरहनु भएको छ, यस किरात युक्थुङ चुम्लुङ मलेसियाको संक्षिप्त उद्देश्य बताउनुहोसन ? जातिय संस्था भन्नाले आफ्नो भाषा, धर्म, संस्कार, संकृतिको विकास र जर्गेणको लागि स्थापना गरीएको हुन्छ । हामी विश्वको जुन सुकै कुनामा रहे पनि आफ्नो जाति, धर्म, संस्कार, संकृतिको जगेणर्ा गरौ भन्ने हेतुले मलेसियामा रहनु भएका सम्पूर्ण लिम्बू दाजुभाई तथा दिदीबहिनीहरु संग आपत विपतमा सहयोग आदान प्रदान गरौं र आफ्नो हक अधिकारको लागि आजबाटै एक्यवद्ध हौं भन्ने उद्देश्यले संस्थाको स्थापना भएको हो । चुम्लुङमा कति सदस्य आवद्ध छन् त ? कति छन्, विवरण संकलन गर्न बांकी नै भएकोले गर्दा मलाई पनि थाहा भएन तर मलेसियाका विभिन्न राज्यहरु जस्तै पेनाङ, जोहोर, बातुपाहात, मुहार, मेलाक्का, कापार गरी छ वटा इकाई कमिटि गठन भइसकेको छ । यहां स्थापित अन्य संघ संस्थाहरु संग सहकार्य छ कि छैन ? मलेसियामा स्थापित सम्पूर्ण संघ संस्थाहरु संग हाम्रो सहकार्य छ । चुम्लुङको भावि योजना के छ ? सर्वप्रथम त मलेसियामा कार्यरत सम्पूर्ण लिम्बू दाजुभाई तथा दिदी बहिनीहरु संस्थामा आवद्ध भईसके पछि हामी जनचेतनाको विकास गर्ने छौं, एक आपसमा सहयोगी भावनाको सृजना गरी भोलीको दिनमा हाम्रो देश कोे लागि प्रवासबाटै लिम्बूहरु एक जुटको नारा बोकेर आफ्नो हकहित र अधिकारको लागि संर्घष गर्ने छौं । मलेसियामा स्थापित कियाचु ले लिम्बूवानलाई कसरी समबोधन गरेको छ ? हामी लिमबूवानकै लागि प्रवासमा पनि एक्यवद्ध हुनुपर्छ भनेर भनेका हौं । जनचेतनाको कमिले लिम्बू के हो र लिम्बूवान के हो भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ त्यसैले हामी एक आपसमा चेतनाको विकास र एकजुट हौं हामी लिम्बूवान हौं सबैले बुझनु आवश्यक छ । नेपाल कहिले र्फकदै हुनुहुन्छ ? मलेसियामा नआउने तरीकाले चट्ट छोडेर चाहिं भन्न सकिन्न तर आउने जाने चाहिं बर्षमा ३,४ पट हुन्छ । अब एकै छिन व्यवसायको कुरा गरौं । लोजीना रेष्टुरेटको सञ्चालनले सफल व्यवसायीको उपाधी पाउनु भयो र धेरै रेष्टुरेण्टहरु पनि स्थापना गर्नुभयो, दाम चाहिं कति कमाउनु भयो नि ? कमाएर मात्र दोस्रो व्यावसायको स्थापना गरीन्छ भन्ने होइन धेर थोर कमए, गुमाए तर व्यवसायबाट भने सन्टुष्टि छु दाम कमाएकै चाहिं छैन । ग्राहकहरुले मनपराएर आउनुहुन्छ, ग्राहकहरुनै मेरो ठूलो सम्पती हो । लोजीना रेष्टुरेण्ट र हालै स्थापना गर्नु भएको नयां रेष्टुरेण्ट दि गोर्खाजको विषेशता बताउनुहोस्न ? मलेसियामा कार्यरत सम्पूर्ण नेपालीहरुको चिरपरिचीत पुरानो रेष्टुरेण्ट लोजीना हो यसमा ग्राहकहरुको माग बमोजीम नै सेवा प्रदान गर्ने भएकोले नै आजको लोकपि्रयता पाउन सफल छ, रेष्टुरेण्ट लोजिनाले । साथै दि गोर्खाज भनेको एउटा एतिहासीक ढंगबाट स्थापना गरीएको हो यसले पनि सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलााई सेवा प्रदान गर्ने छ । र अर्को कुरा मलेसियामा एउटै किसिमका धेरै रेष्टुरेण्ट र व्यवसाय भएको कारण यसलाई अलग ढंगबाट स्थापना गरीएको हो । याहांका स्थानियवासीहरुले पनि नेपाली रेष्टुरेण्ट यस्तो हुदोहरेछ भन्ने अनुभव गरोस् भनेर नेपाली एतिहासीक सजावटहरुले सजाएर स्थापना गरीएको हो । रेष्टुरेण्टको व्यवस्थापन र सेवाहरुको कारण अन्य रेष्टुरेण्टहरु भन्दा दि गोर्खाज मा अलि महंगो हुनु पर्ने हो तर अन्य रेष्टुरेण्टको मुल्यमा सेवा प्रदान गर्नु भएको छ, यसबाट अरु रेष्टुरेष्टलाई मार्का पर्दैन ? दि गोर्खाज को सेवाले अन्य व्यवसायीहरुलाई असर पुगेका त्यसको लागि म क्षमाप्रार्थि चाहान्छु । मैले लगभग सबै व्यसायीहरुलाई लाई जानकारी गरीसकेको छु । अन्त्यमा
देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभााई दिदी बहिनीहरु, कतै मलेसिया घुम्न वा कुनै शिलशिलामा आउदै हुनुहुन्छ भने दि गोर्खालाई नभुल्नुहोला ।
जितमान इम्बुङ लिम्बू कियाचु मलेसियाको अध्यक्ष हुनुहुन्छ
साथै व्यापारी संघ मलेसियाको सदस्य हुनुहुन्छ
| पाठक प्रतिक्रिया | |
|
|