


मोडलिङबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी रेखा थापा नायिका हुदै निर्माताको समेत अनुभव सम्हाली सकी हाल चलचित्र निर्देशनमा पनि ब्यस्त छिन् । छ दर्जन जति चलचित्रमा नायिका बनेकी थापा \'अजम्बरी नाता\'
ब्यस्तताको वावजुद आगामी दशैंमा मलेसियामा आयोजना गरिएको \'\'विजयदशमी लाइभ कन्सर्ट २०६५ मा मलेसिया आउदैछिन् । यसै सिलसिलामा नायिका रेखा थापाले प्रस्तुत गर्ने कार्यक्रमको वारेमा आयोजक नेपाल विजनेश सोसाइटी अफ मलेसियालाईले गरेको संक्षिप्त कुराकानी यहां प्रस्तुत गरिएको छ ।
० तपाईले मलेसियामा हुन गई रहेको \'विजयदशमी लाइभ कन्सर्ट २०६५\' मा कस्तो पर्फमेन्स दिदैहुनुहुन्छ ?
- सक्तो राम्रो गर्ने छु । मलेसिया मेरो लागि नौलो होइन । म तेस्रो पटक हो । अगाडि पनि दुई पटक गई सकेको छु । त्यहाका नेपाली दर्शकहरूको माया पाई नै रहेको छु । त्यसैले गर्दा दशैजस्तो पर्वलाई पनि छाडेर म यस कार्यक्रममा जान लागेकी हुं।
० पर्फमेन्स चाहि कस्तो हुन्छ ?
- मैले सकेको मेरो क्षमताले भ्याएसम्म वहाहरूलाई निराश पार्ने छैन । नेपाली दर्शकमात्र नभएर त्यहा उपस्थित अन्य विदेशी दर्शकहरूको समेत मन जित्न भरपुर
प्रयास गर्ने छु । यहाहरूको मायाले नै म जान लागेको हु ।० त्यस बाहेक अरु के हुन सक्छ ?
- हामीले आफ्नो ठाउबाट सकेको भूमिका निर्वाह गर्ने हो । सो मुताविक म पनि गर्छु । यसबाट मैले त्यहा रहेर शोषणमा परेका, जेलनेल भोगी रहेका नेपाली दाजुभाइको उद्दारमा सहयोग पुग्ने आशा लिएकी छु । यसर्थ कलामात्र होइन समाजसेवा हुने कुरामा म ढुक्क छु ।
० मलेसियाको चर्चित
DIGI communication ले मुख्य प्रायोजन गरेको छ, तपाई डिजीले गरेको प्रायोजनबारे के भन्नुहुन्छ ?- मैले सुनेको छु । मलेसियामा धेरै भन्दा धेरै हाम्रा दाजुभाई
तथा दिदीबहिनीहरूले डिजी टेलिकम्युनिकेशन प्रयोग गर्ने गर्दछन् । धेरैजसो मलेसियाबाट मलाई आउने कलहरूमा पनि डिजीको नम्बर हुने गर्दछ । नेपालीहरूले डिजीको व्यापार गरिदिएका छन् । त्यसैगरी डिजीबाट नेपालीहरूको सहयोगार्थ कार्यक्रम गरेकोमा डिजीलाई म धेरै धैरै धन्यवाद दिन्छु । म धेरै खुशी पनि छु ।० आयोजक नेपाल विजनेश सोसाइटी अफ मलेसियालाई केही भन्नु छ कि ?
- सर्वप्रथम त प्रवासमा रहेर पनि व्यापार व्यावसाय बढाएकोमा औधी खुशी छु । त्यसको साथमा यो कार्यक्रम पनि सम्पूर्ण नेपालीहरूको सहयोगार्थमा हुन गइरहेको हुनाले आयोजकसंग नतमस्तक नै भएको छु भनौ ।
० नेपालबाट गएका कलाकारहरूले स्वच्छन्द व्यवहार गर्ने गरेको जनगुनासो छ तपाईलाई कस्तो लाग्छ ?
- मेरो ग्रुपमा गएका कसैले पनि त्यस्तो व्यवहार गरेको महसुस गरेकी छैन । जसले त्यस्तो व्यवहार गरेका छन् उनीहरूलाई नै सोध्नुस् न अर्को कुरा यस्तो व्यवहार भन्ने कुरा व्यक्ति व्यक्तिमा फरक पर्छ । सबैको छुट्टा छुट्टै हुन्छ, कसै कसैले त्यस्तो पनि गरे होला । तर म र मेरो ग्रुपमा त्यस्तो हृयाबिटका कोही पनि छैनन् ।
० भनेपछि पर्फमेन्सबाट दर्शकहरूले भरपुर मनोरञ्जन पाउछन् त ?
- सक्दो प्रयास गर्नेछु । कसैलाई पनि निराश पार्ने छैन । विजयदशमी लाइभ कन्सर्टलाई बेजोड बनाउन मेरो तर्फबाट गर्ने जति सबै भूमिका निर्वाह गर्नेछु ।
०००
| पाठक प्रतिक्रिया | |
|
|