


कलिबुड जगतमा बोल्ड नायिकाको रुपमा प्रख्याती पहरकी नायिका हुन् ऋचा घिमिरे । थोरै समयमा नै धेरै प्रख्याति पाउनमा आफ्नो सीप र कलाको प्रचुर मात्रामा प्रयोग गरी रहेकी बताउाछिन् । उनको विजयदशमी लाइभ कन्सर्ट २००८ मलेसियाका दर्शकसाग साक्षात्कार हुने बताउाछिन् । विभिन्न मुलुकमा छरिएका नेपाली तथा स्थानीय विदेशी दर्शकसमक्ष आफ्नो कला प्रस्तुत गरिसकेकी घिमिरे यही अक्टोवर १ तारिक क्वालालम्पुर २ तारिक जोहरबारु र ५ तारिक पेनाङ्गमा हुने विजयदशमी लाइभ कन्सर्ट २००८ को अवसरमा आउादैछिन् । जापान, जर्मनदेखि युरोपीयन देशमा जाादासमेत मलेसियाको सम्झना आउने गरेको उनी बताउाछिन् । भन्छिन् \"म मलेसिया कहिले जान्छु होला भनेर सोचि रहन्थे ।\" उनलाई आम दर्शकले बोल्ड नायिकाबारे उठेको प्रसंगमा भन्छिन् \"म आफ्नो हक र अधिकार प्राप्त गर्ने सवालमा लजिकल्ली बोल्ड छु ।\" प्रस्तुत छ बिजय दशमी लाइभ कन्सर्ट आयोजक नेपाल विजिनेस सोसाईटी अफ मलेसियाले घिमिरे संग गरेको कुराकानी ।
० तपाईको विजयदशमी लाइभ कन्सर्ट २००८ मा कुन कुन परफर्मेन्स दिदै हुनुहुन्छ ?
- म नेपाली गीत काली सुन्दरी र भोजपुरी गीत छोरी हो काइवे बोलको गीतमा नृत्य प्रस्तुत गर्नेछु । मलाई अहिलेनृत्य निर्देशक गोविन्द राईले प्रशिक्षण दिइरहनु भएको छ ।
० मलेसियाको अफरलाई कसरी लिनु भएको छ ?
- आम मलेसियामा रहेका दाजुभाइसाग प्रत्यक्ष रुपमा भेट हुन पाउने कुराले म प्रफुल्लित भएको छु र चाडै त्यो दिन आओस् भनेर दिन गनीरहेको छु । मलेसियाका दर्शकहरुले पनि कहिले आउनु हुन्छ भनेर सोधी रहेका छन् ।
० नेपाली कलाकारले प्रस्तुती दिन गएका ठाउामा उच्छृंखल व्यवहार गर्ने गरेको आरोप छ तपाईलाई के लाग्छ ?
- आजको जमाना भनेको आत्माअनुशासन कायम गर्ने हो । कमैले पनि अरुमाथि र अरुले अन्य काम गरेको र आवश्यक अनुशासनमा बस्न जरुरी छैन । त्यसैले आफ्नो दायरा आफैले निर्धारण गरी चल्नु पर्छ । म त्यस्तै गर्छु र अरुलाई पनि त्यसै गर्न आग्रह गर्छु । यो कुरा कलाकार मात्र नभई सबैले मान्नु भएको होला भन्ने आशा गरेको छु ।
० यसअघि कुन-कुन देशमा कार्यक्रम प्रस्तुत गर्नुभयो ?
- जापान, अस्टे्रलिया, कतार र युरोपीयन देशमा एक महिना बिताएको छु । युरोपियन सातवटा देशमा पारिवारिक वातारवण पाए । अझै पनि बोलाई रहनु भएको छ ।
० नेपाली र गैर नेपाली दर्शकबीचमा कस्तो भिन्नता पाउनु भा छ ?
- नेपाली दर्शकले अन्य दर्शकले भन्दा धेरै माया गरेको महसुस गरेकी छु । तपाईलाई विश्वास नलाग्ला, एउटा प्रसंग जोड्छु, विदेशमा रहनु भएका नेपाली दाजुभाइले यही नम्बर -वातचित गरिएको मोबाइल फोन) मा पनि म धेरै बेर सम्म वातचितमा रहेको छु । सो क्रममा महिनाको १० हजार रुपैया मात्र कमाउने दर्शकले पनि निश्चित रकमले हामीसाग वातचित गरेका छन्, मैले वहााहरूलाई घरपरिवार नविर्षन सघाएको पनि छु । यो भनेको नेपाली कलाकारले दर्शकबाट पाएको आत्मीयताको उदाहरण हो ।
० त्यसो भए किन \"मिस विहेव\" को आक्षेप लाग्छ ?
- कतिपय कुरामा कलाकारबाट दर्शकले आशा नगरेको क्रियाकलाप पनि भएका होलान् भने कतिपय अवस्थामा दर्शकबाट पनि कलाकारहरू पीडित भएका छन् । यसको एउटै कारण कलाकार र दर्शकले आफ्नोआफ्नो सामाजिक तथा नैतिक दायित्व बोध नगर्नाले भएको हो । तसर्थ दर्शकले दर्शककै स्थानमा रहेर कला र कलाकारको इजजत गर्नुपर्छ भने कलाकारले पन आफू कला र सांस्कृतिको सम्वाहक भएकाले आम दर्शकलाई इज्जत दिन सक्नुपर्छ ।
० प्रसंग बदलौ, तपाईको आगमी चलचित्र कुनकुन रिलिज हुादैछ ?
-बेल्जीयममा सपनाको संसार रिलिज हुन्छ । यो चलचित्र प|mान्स, बेल्जियम, जर्मन, लवजेमवको हल्याण्ड, इटली र पोर्चुगलमा एक महिनासम्म लगाएर सुटिङ गरिएको थियो । दशैं कै अवसर पारेर चाहिं देश विदेश र विष रिलिज हुादैछ ।
० यी दुई चलचित्रमा तपाईको भूमिका कस्तो छ ?
- देशविदेश एउटा घरमूली विदेशिए पछि घरगृहिणीले भोग्नु परेको कथामा आधारित छ । अर्को विषमा लागू पदार्थ सेवन गर्ने केटीको असहज जीवनी प्रस्तुत छ । यतिखेर मैले भन्नै पर्छ कि विस को भूमिका मेरो लागि पनि चुनौतिपूर्ण छ । तर मैले दुबै चलत्रिलाई न्याय गरेकी छु भन्ने कुरामा विश्वस्त छु । यो जनचेतनामूलक चलचित्र पनि हो ।
० तपाईलाई बोल्ड नायिका भनिन्छ नि ?
- अंग्रेजी भाषामा बोल्डको धेरै अर्थ हुन्छ । तपाईले अंगप्रदर्शनको सवालमा भन्नुभएको भए स्पष्ट छ अरुले गर्न नसकेको र अंगप्रदर्शन म पनि गर्न सक्दिन । तर आफ्नो हक अधिकार प्राप्तिको सवालमा म कुनै पनि कसुर बााकी राख्दिन । यसअर्थमा म लजिकल्ली बोल्ड नै छु । तर अश्लिलता बोक्ने अंगप्रदर्शनमा छैन ।
० साचै, तपाईहरूले त मुद्दा पनि दायरा गर्नु भएको थियो, के हुादैछ ?
- हामीले जित्यौ । पारिश्रमिक पाउने भएका छौ । राजीव श्रेष्ठ दाइले थोरै गल्ती गर्नु भएको थियो । नेटनसा डटकम को लागि खिचेको फोटो एउटा मोटरबाइकको क्यालेन्डरमा छापेकाले हामीले बाध्यभएर मुद्दा दायर गरेका थियौ । यसको पनि छुट्टै कथा छ । हामीले अदालत नगई मिलाउन पटकपटक प्रयास गरेकाथ्यौ धेरै पटकको प्रयास असफल भएपछि बाधय भएर अदालत पुग्यौ । अन्ततः कुरा मिल्यो, हामीले हाम्रो पारिश्रमिक पाउने भएका छौ ।
० आयोजक नेपाल विजनेश सोसाइटी अफ मलेसियालाई केही भन्नु छ कि ?
सर्वप्रथम त विदेशमा कार्यक्रम गर्नको मुख्य उद्देश्य भनेको नेपाल र नेपालीको समुन्नतीको लागि गरिएको हुन्छ । मलेसियाको आयोजकले धेरै राम्रो उद्देश्य लिएर कार्यक्रम गर्न लागेको बुझेको छु । कार्यक्रमबाट आर्जेको रकमले कुनै ठाउको विकास भयो भने त्यो विकासको एक हिस्सेदार आफूलाई पनि ठान्नेछु ।
० यस कार्यक्रमलाई ठूलै स्पोन्सर मिलेको छ रे नि ?
हो, मलेसियाको चर्चित टेलिकम्युनिकेशन DIGI ले स्पोन्सर लागेको रहेछ । उक्त कम्पनीले नेपाल र नेपालीको लागि यतिधेरै देखाएको मायाप्रति म धेरै खुशी नै छु ।
० अन्त्यमा मलेसियाका दर्शकलाई केही सन्देश ?
- मेरो मलेसियामा यो पहिलो परफर्मेन्स हुदैछ । मलाई माया गरेर बोलाउनु भएकाले तपाईहरूलाई कतिपनि निरास नपारी आफ्नो कला प्रस्तुत गर्नेछु ।
फोटो : नेपाली साइट
| पाठक प्रतिक्रिया | |
|
|