


मलेसियामा हुन लागेको सांगीतिक कार्यक्रम \'विजयदशमी लाइभ कन्सर्ट\' का आयोजकको बारेमा तपाईंलाई के लागेको छ ?
मलेसियामा बसेका दाजुभाई तथा दिदी वहिनीसँग दशैंको शुभकामना लिएर जाँदैछौं । आयोजक संस्था \\\'नेपाली विजनेस सोसाइटी अफ मलेसिया\\\'लगायत सम्पूर्ण दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिई देश, गाउँ-घर, संस्कृति र परम्पराको निरन्तरता दिई रमाइलो गराउँछौं । यस्तो अवसर पाउनु हामी कलाकारको लागि खुसी र अहोभाग्य हो । वहाँहरुले नबोलाई दिएको भए हामीले यस्तो अवसर गुमाउनु पथ्र्यो ।
प्रायोजक डिजीकमको बारेमा तपाईं के भन्नु हुन्छ ?
मुरी-मुरी धन्यवादसहित हामी वहाँहरू आभार प्रकट गर्छाैं । कृतज्ञता प्रकट गर्नै पर्छ । यस कम्पनिले भविश्यमा पनि नेपाली कला र संगीतलाई माया गर्नु हुन्छ भन्ने आशा गरेका छौं । कला संस्कृतिको माध्यमबाट हुने छ । अर्को कुरा नेपाली कला र संस्कृतिलाई मलेसियाको कलासंस्कृतिसँगै राख्नु राम्रो कुरा हो । संगीत एक हुन्छ । विश्व ग्लोवलाइजेसनको मिडिएटर पनि संगीत हो । मलेसियाको कलाकार र हामी समान हौं ।
नेपाली संगीत विश्वसंगीत क्षेत्रमा कहाँ छ ?
नेपाली संगीत आयातित विधा हैन । विश्वका संगीत भन्दा हामी धनी छौं । हामीमा साँस्कृतिक विविधता छ । अन्य देशमा त्यस्तो छैन । त्यसकारण हामी विश्व संगीत क्षेत्रमा विधागत मापदण्डमा पनि उच्चस्थानमा छौं । तर, विकसित मूलुकको प्रभावका कारण हाम्रो संगीतक्षेत्रमा छैनौं कि भन्ने भ्रम परेको हो । उदाहरणको लागि हाम्रो मादलको विटसँग विश्वका कुनै पनि संगीतले प्रतिश्पर्धा गर्न सक्दैन । यही कुरा बुझेर भारतीय संगीतमा मादल प्रयोग हुन थालेको छ । यो हाम्रो लागि खुसीको कुरा भए पनि उनीहरुकै संगीतको मान्यता पाउलान भन्ने डर छ । तसर्थ राज्यले संगीत र वाध्यवादनको राष्ट्रिय पहिचान गर्नै पर्छ । अर्को कुरा हाम्रो संगीत भाषाको कारण पनि विश्व संगीतमा भनेजस्तरी जम्न नसकेको हो । यसैगरी रेकर्डीङ्को स्तरीयताको कारणले गर्दा पनि आवश्यक मापदण्ड पूरा गर्न सकेनौं । नेपाली संगीत ४०हजार वाटमा बजाउँदा बज्न हम्मे हुन्छ । तसर्थ अब प्राविधिक रुपमा पनि क्वालीटीमा ध्यान दिनै पर्छ । अहिले त क्वान्टीटी मात्र देखिएको छ ।
तपाईंहरुको पहल चाहीं कस्तो छ ?
म नेपाल संगीत संघको अध्यक्ष पनि हुँ । स्टूडियोहरुको \\\'एक्च्यूअल डाटा\\\' संकलन गरी रहेका छौं । त्यसपछि सरकार, संगीत संघ र स्टूडीयो सञ्चालकहरु वीच वार्ता गरेर स्टूडियोको गुणस्तरको मापदढड तय गर्छौं । यसले अवस्य पनि गुणस्तरमा सुधार ल्याउला नै ।
प्रतिलिपि अधिकारको आन्दोलन कहाँ पुग्यो ?
आन्दोलन जारी छ । सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ । अब प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीले यसबारेमा काम गर्छु भन्नु भएको छ । अहिले सम्वन्धित सवैसँग हाम्रो छुट्टा-छुट्टै छलफल जारी छ । जस्तो एफएम प्रसारक, गीतकार, संगीतकार र गायक गायिकासँग आदिसँग छलफल गरी रहेका छौं । यदि सवैसँग मिलेर अगाडी वढ्दा पनि हाम्रो माग पूरा भएन भने सडक अान्दोलन त निर्विकल्प छ ।
प्रतिलिपि अधिकारको चेतना पनि सवैमा छैन नी ?
अलि अभाव नै छ । नेपाली गीत संगीतको प्रकृति र प्रतिलिपि अधिकार भित्रको मान्यता फरक छ । त्यहाँ लोक गीतलाई संगीत नै मान्ोको छैन । तसर्थ यो नेपाली सन्दर्भमा ठ्याक्कै लागू हुँदैन । त्यसको लागि आवश्यक कानुनमा परिमार्जन गरिनु पर्छ र यो प्रतिलिपि अधिकारलाई नेपाली गीत संगीत सापेक्ष बनाउनु पर्छ । अंग्रेजी भाषाको विदेशी कपिराईटसलाई नेपालीमा अनुवाद गरेर प्रतिलिपि अधिकार भनेर मात्र हुँदैन । यो नेपाली कला र संगीत सापेक्ष बन्न जरुरी छ । अर्को कुरा नेपाल विश्वव्यापार संगठनमा प्रवेश गरीसकेपछि पहिले हाम्रो उत्पादनलाई नेपालले प्राथमिकता दिई विदेशी उत्पादन सरह विक्रि वितरण गरिनु पर्छ । अनि मात्र प्रतिलिपि अधिकारका कुराहरुको सार्थकता हुन्छ । मुख्य कुरा प्रतिलिपि अधिकारको प्रयोग हरेक ठाउँ र देश अनुसार फरक छ । तसर्थ नेपालमा पनि यो नेपाल सापेक्ष बनाउनै पर्छ ।
कला र संगीतकर्मीको लागि राज्यले कस्तो भूमिका निर्वाह गर्नु पर्छ ?
पत्रकारले सूचना विभागबाट जारी गरेको प्रेस पासकोसुविधा पाउँछ । तर कालकारको हकमा यस्तो सुविधा छैन । लाखौंलाई मनोरञ्जनको मार्फतबाट सन्देशप्रवाह गर्नेलाई राज्यले किन पहिचान नगर्ने ? कलाकारको परिचय पत्र किन नपाउने ? तसर्थ कला र कलाकारलाई पनि राज्यले मान्यता दिनु पर्यो । त्यसका लागि आवश्यक मापदण्ड तोकेर चलचित्र विकास वोर्ड बनाएजस्तै संगीत वोर्ड बनाउनु पर्यो । र, संगीत बोर्डले कलाकारलाई नेपाल सरकारको छाप भएको संगीतकर्मीको पहिचान खुल्ने ब्यवस्था गर्नु पर्छ । यसो भए कलाकारको आत्मसम्मान पनि बढ्छ । यस्तो ब्यवस्था विश्वका विकसीत सवै मूलुकले गरेको छ । हामीले पनि गर्नु पर्छ ।
अँ, विजयदशमी लाइभ कन्सर्ट को लागि तपाईंको तयारी कस्तो छ ?
म श्रोता तथा दर्शकको माग वमोजिम कार्यक्रम स्थलमा मैले गाएका जुनै पनि गीत गाउन म तयार छु । तर पनि तयारी चाहीं \\\'विहे भा\\\'छैन\\\', \\\'पोइल जान पाम\\\', \\\'झ्वाँक् तन्नेरी\\\' र \\\'झक्कास\\\'का गीतमा गरी रहेको छु । श्रोताले चाहेको गीति मनोरञ्जन दिन कुनैपनि कन्जुस्याँई हुँदैन । \\\'विजयदशमी लाइभ कन्सर्ट५\\\' झक्कास झक्कास नै हुन्छ भन्नेमा म विश्वस्त छु ।
साँचै तपाईंको विवाहको कुराले बजार तताएको छ । खास कुरा के हो ?
खासै उल्लेख्य कुरा केही होइन । सवै समय क्रममा हुने कुरा हो । मलाई माया गर्ने श्रोता तथा दर्शकले चिन्ता नगरे हुन्छ । फेरि विवाह भई हालेपनि मेरो कर्म त संगीत नै हो । कलाकार सवैको सम्पत्ति हुन्छ । म पनि त्यही एक हुँ । मेरो संगीत प्रतिको निरन्तरता रहिरहन्छ ।
फोटो: नेपाली साईट
| पाठक प्रतिक्रिया |
| sarba pratham thanks kina bhane nepal ko kalakar ra malaysia ko kalakar saman hau bhandinu bhayakoma. |
| santosh lama|30-Dec-2008 02:51:20 |
| पाठक प्रतिक्रिया | |
|
|