


मलेसियामा स्थापित विभिन्न जातिय संघ-संस्थाहरु मध्ये सक्रिय रहेको तमु समाज मलेसियाद्धारा विभिन्न अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् । बर्षमा तीन चार पटक कार्यक्रमको आयोजना गर्ने तमु समाज मलेसियाले सो कार्यक्रमबाट बचत रकम पीडित नेपालीहरुलाई सहयोग गर्ने गरेको छ । भने हालै सम्पन्न एक च्यारेटी सो कार्यक्रमबाट उठेको रकम भने बल्ड क्यान्सर पीडित समिक्षा थापाको जीवन रक्षार्थसहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नृत्य कलाकार, गायन तथा संगीतकारहरुको राम्रो टोली रहेको तमु समाज मलेसियाले यसरी नै निरन्तरता दिएमा भविष्यमा पक्कै सफलता हांसिल गर्ने छ । यसै सन्र्दभमा तमु समाज मलेसियाका सांस्कृतिक टोलीका संयोजक अगम तमु संगको कुराकानी यहां प्रस्तुत छ ।
स्वागत छ तपाई नेपाल मलाया खबर डट कममा
सम्पूर्ण नेपाल मलाया खबर डट कम परिवारलाई धेरै धेरै धन्यवाद
आफ्नो बारे बताईदिनुहोसन् ।
मेरो घर चित्रे भञ्ज्याङ गाउं वडा नं. ३ हो मा गाउंमा हुदा पनि गीत संगीतलाई नै माया गरेर बस्ने मान्छे हुं गाउंमा हुदा चित्रे भञ्ज्याङस्थित प्रगतिशिल युवा कल्बमा काम गर्थे । मलेसिया २००१ मा रोजगारको सिलसिलामा प्रवेश गरेका हुं, यहां आएपछि पनि गीत संगीतलाई अंगलन पाए यसमा म धेरै खुशी छु । र मलेसियामा स्थापित तमु समाज मलेसियाको सांस्कृतिक संयोजक भएर आफूले जानेको कुरा भाई बहिनीहरु संग साट्दा अझ धेरै खुशी छु ।
हाल तपाई तमु समाज मलेसिया सांस्कृतिक टोलीको संयोजक हुनुहुन्छ, यस सांसकृतिक टोलिमा कति जना सदस्यहरु हुनुहुन्छ ?
हामी नृत्य, गायन र संगीतकारहरु गरेर ढेड दर्जन जति छौं ।
यस तमु समाज मलेसियाका संस्कृतिक टोलिले हाल सम्म कतिवटा कार्यक्रमहरु प्रस्तुत गरिसकेका छन् ?
मलेसियामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा लगभग सहभागी हुने गरेका छौं । नेपाली दुतावास लगायत विभिन्न संघ संस्थाहरुबाट अफर आईरहेको छ । यति नै भनेर चाहिं भन्न सकिन थुप्रै कार्यक्रमहरु प्रस्तुत गरिसकेका छौं ।
खास यो तमु समाज मलेसिया र सांस्कृतिक टोलकिो उद्देश्य के हो ?
उद्देश्य भनेको हामी आफ्नो देश र गाउं घर छाडेर आए पछि आफ्नो भाषा लिपीलाई जोगाई राख्नको लागि र हामी एक आपसमा एक्यवद्धता हुनको लागि एवम विदेशमा दुःख पाएका नेपाली दाजुभाई तथा दिदीबहिनहिरुको लागि एउटा साझा चौतारीको रुपमा तमु समाज मलेसिया स्थापना भएको हो ।
भर्खरै सम्पन्न विविध सांस्कृतिक कार्यक्रम च्यारेटी सो, बल्ड क्यान्स पीडित समिक्षा थापाको जीवन रक्षार्थ तथा मलेसियाको विभिन्न जेलमा रहेका नेपालीहरुको उद्धारको लागि भनेर भन्नु भएको थियो, त्यस बापत पीडित थापालाको सहयोगार्थ कति रकम पठाउनु भयो ?
यसको लागि रकम संकलन बांकी नै छ आउंदो साता बैठक बसेर निर्णय गर्नेछौं साथै कार्यक्रममा कलाकारहरुलाई सम्पान गर्न नसकेको कारण एक कार्यक्रमको आयोजना गरि विभिन्न संघ संस्थाका पदाधिकारी तथा नेपली दुतावास संचारकर्मि सबैलाई बोलाएर सहयोग रकम पठाउने छौं ।
यो समाजको गठन भएको चाहिं कति भयो ?
सन २००० मा गठन भएको रहेछ तर म चाहिं दुइ बर्ष पछि मात्र समावेस हुन पाए ।
समाजको आगामी कार्यक्रमहरु के के रहेको छ ?
आगामि कार्यक्रमहरु भन्नु पर्दा ल्होसार आउंदैछ, त्यो भन्दा अगाडि व्यावसायी संघ मलेसियाद्धारा आयोजित बिजय दशमी लाइभ कन्सर्टमा नेपाली कलाकारहरु पनि आउदै हुनुहुन्छ वहांहरुले निमन्त्रणा गर्नु भयो भने यसो दुई चारवटा संस्कृतिक कोसेलीहरु लिएर जाने सोचमा छौं ।
मलेसियामा सबै भन्दा ज्यादा जातिय संघ संस्थाहरु छन् यि अन्य संघ संस्थाहरु संग तपाईहरुको सहकार्य छ कि छैन ?
सबै संघ संस्थाहरु संग हाम्रो सहकार्य छ । विभिन्न आपत विपतमा सहयोग आदान प्रदान गर्ने गरेका छौं ।
यि विभिन्न संघ संस्थाहरुले सदस्यहरुबाट मासिक लेवी उठाउने गरेको छ नि त्यसतै यो तमु समाजले सदस्यहरुबाट मासिक लेवी कति उठाउने गरेको छ ?
शुरुमा मासिक आरएम पांच उठाउने गरेका थियौं, हाल आएर बर्षको एकपटक मात्र उठाउने निणर्ाय गरी साधारण सदस्यले बाषिर्क आरएम तीस, सक्रिय सदस्यले आरएम चालीस, र पदाधिकारीहरु मार्फ आरएम पचास उठाउने गरेका छौं ।
यो लेवी वापत उठेको रकम मलेसियामा मात्र सिमित रहन्छ कि नेपाल पठाउनु हुन्छ ?
अहिले सम्म मलेसियामा मात्रै प्रयोग गरीरहेका छौं कसैलाई दुर्घटना, बिरामी भएर उपचार गर्न नसक्ने अवस्थाका पीडित नेपालीहरुलाई सहयोग गर्दै आएका छौं ।
यहां विभिन्न संघ संगठनहरुको नाममा ठगी गरेको कुराहरु मिडियाहरुमा आउने गरेको छ, यस बिषयमा तपाई के भन्नु हुन्छ ?
यस्ता ठगहरुलाई तपाई हामी सबै मिलेर सामुहिक कारर्वाहि गर्नु पर्छ ।
स्वदेश कहिले र्फकदै हुनुहुन्छ ?
पांच बर्ष बसेर एक पटक घर गएको थिए पुनः मलेसिया आएको अहिले दुई बर्ष वितिसकेको छ अब एक बर्ष पछि र्फकन्छु ।
स्वदेश गएर के गर्ने सोचमा हुनुहुन्छ ?
अब सात साठ बर्ष विदेश बसेर केही न केही त गर्न पर्छ, त्यसैले सानो तिनो व्यावसाय गरेर बस्ने सोचाईमा छु ।
व्यावसायमा व्यस्त बनेर आफ्नो कला र सांस्कृतिलाई त्यागन लाग्नु भएको हो की कसो ?
व्यवसाय गर्दै आफ्नो कला, भाषा र संकृतिलाई अगाडि बढाउने छु ।
होइन तपाई त गीत पनि गाउनु हुन्छ, नृत्य पनि गर्नुहुन्छ, कार्यक्रम उद्दघोषण पनि गर्नुहुन्छ, यी सबैलाई अंगालेर लैजान सक्नुहुन्छ त ?
हाम्रो नेपालमा गीत गाएर र नृत्य गरेर मात्र जिविकापार्जन गर्न कठिन भएकै कारण आज राम्रा राम्रा कलाकारहरु पनि विदेशीन वाद्य छन् । त्यसैले म चाहिं विदेशमा कमाएको थोरै रकमले भए पनि स्वदेशमै केही गर्ने र आफ्नो कला र संस्कृतिलाई अंगालेर लैजाने बिचारमा छु ।
मलेसियामा नेपाली कलाकारीता पनि निकै फस्टाएको छ, अलि अलि गाउन थाले पछि सिडि भिसिडि निकाली हाल्ने चलन छ, यस बिषयमा तपाई के भन्नुहुन्छ ।
एक त यसो गर्दा पनि ठिकै हुने रहेछ, तर अलि मेहेनत गरेर बजारमा ल्याउदा अलि राम्रो हुन्छ जस्तो लाग्छ । त्यसो त मलाई पनि गीति एल्बम निकाल्ने धेरै पहिले देखिनै रहर लागेको हो तर आर्थिक संकटका कारण बजारमा ल्याउन सकिरहेको छैन जे होस् स्वदेश र्फकनेबेलामा जसरी पनि मेरो \"बिदेशी यात्रा\" नामको एल्बम बजारमा ल्याएरमा मात्र जानेछु ।
तपाईको एलबमको रेकडिङ सिद्धिएको हो ?
रेकडिङ चाहिं भएको छैन तर गीतहरु सबै तयार भएको छ, अब चाडै नै रेकडिङ गर्ने बिचार गर्दैछु ।
आफ्ना कलाकार साथिहरुलाई के सन्देश दिनुहुन्छ ?
हामी आफू भित्र कला छ भन्दैमा घमण्ड नगरौं, हामी कलाकार हौं भन्दै सडकमा नाचेर गाएर एउटा कलाकार मानिदैन । कलाकारलाई स्टेज चाहिन्छ एउटा स्टेजमा आफ्नो कला प्रस्तुत गर्न बितिकै आम दर्शकहरु चिन्नेछ । र स्टेजमा कार्यक्रम प्रस्तुत गर्नलाई एउटा समाज पनि चाहिन्छ त्यसैले हामी सबै कलाकार एक हौं हामी समाजमा आबद्ध हौं भन्न चाहान्छु ।
अन्त्यमा देश बिदेशमा रहनुहुनु नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई के सन्देश दिनुहुन्छ ?
सकेसम्म हामी विदेशीएर बस्नु भन्दा स्वदेशमा केही गरेर बस्नु नै उचित हुनेछ । त्यसैले हामी सबैले आफ्नो देश, गाउंघर, समाज र घर परिवारलाई सम्झौं सकेसम्म चाडै स्वदेश फर्केर परिवर्ति नेपाललाई सघाउ पुर्याउं भन्ने सन्शेस सबैलाई दिन चाहानछु ।
| पाठक प्रतिक्रिया |
| pardeshma bashar panee samajsevama lagnu bhayako ma dhanyabad |
| kamal shrestha|25-Sep-2008 14:26:13 |
| khushi lagyo Aagm gee tapai ko vhet barta padna pauda ,sathai kalakar haru lai pani sameti kalakarharu ko bichar bujne awasar dinu bhayeko ma malayakhaber.com lai dhanybad. |
| mintamu|19-Sep-2008 00:38:16 |
| kalakar lai sameter aafno byakti gat kura rakhnu vakoma |
| krishna gaunle|17-Sep-2008 15:57:51 |
| thank,s aagaman sir kalakar r samajko barema kura rakhnu vayakoma |
| rames gurung|17-Sep-2008 13:51:58 |
| पाठक प्रतिक्रिया | |
|
|