


नेपाल विजनेदश सोसाइटी अफ मलेसियाले यसपालको हरिरायामा विजयादशमी लाइभ कन्सर्टको कार्यक्रम आयोजना गर्दैछ । वर्षेनी हुने कार्यक्रमभन्दा यसपालको कार्यक्रमले धेरै छाप छोड्ने कुरा आयोजक टोलीले विश्वास गरेका छन् । कार्यक्रम नेपालबाट आमन्त्रित ८ जना कलाकारको उपस्थितिमा सम्पन्न हुनेछ । ति कलाकारहरूमा चर्चित पप गायक धिरज राई, चर्चित नायिका रेखा थापा, आरजे कोमल वली, नायिका ऋचा घिमिरे, गायिका राधा राई र हास्यकलाकार टोली कुञ्जना घिमिरे, सिताराम कट्टेल र केदार घिमिरे रहेका छन् ।
कार्यक्रमलाई मलेसियाको चर्चित टेलि कम्यूनिकेशनले प्रमुख प्रायोजन गरेको छ । झण्ढै ९९ प्रतिशत नै डिजीद्धारा प्रायोजन भएको कार्यक्रमबाट नेपाल विजनेश सोसाइटी अफ मलेसियालाई एउटा ठूलो कोष खडा हुने भएको छ । उक्त कोषबाट दुर्घट्नामा मृत्यु भएको मृतकको परिवारलाई सहयोग, काम गर्दा गर्दै दुर्घटना हुन गएमा, कम्पनीले सहयोग नगरेको खण्डमा उपचारको लागि र नेपालमा प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुन गएमा सहयोग गर्ने भएको छ ।
मलेसियाको तीन ठाउँमा हुने भएको कार्यक्रम १ अक्टोबरमा बुकित किरा इन्डोर दमनसारा, केएल, २ अक्टोबरमा जोहोर र ५ अक्टोबरमा पेनाङमा हुनेछ । केएलको लागि कार्यक्रम स्थलसम्म २८ वटा बसको व्यवस्था समेत भएको र आरएम २० को टिकटदरमा छिर्दा छिर्दै आरएम १० को डिजी रिलोड गरिनेपनि भएको छ । प्रस्तुत छ, उक्त कार्यक्रमको लागि आमन्त्रित कलाकार सीताराम कट्टेल -धुर्मस)को अन्तर्वार्ता ।
० विजयादशमी लाइभ कन्सर्ट २०६५ को तयारी कस्तो छ ?
तीनजनाको \'वा भुँडी\' प्रस्तुत गर्दै र्छौं । मेरी वास्सैको अवस्थामा हुन्छ । गाउँघर कै समस्यालाई प्रसतुत गरेका छौं । गाउँ नै कथाकेन्द्र हो ।
० यो प्रहसनको कन्सेप्ट कसरी आयो ?
त्यसरी हौसाउनु पनि पर्यो । कथा मिलाउनु पर्यो । मूलतः यसले देशमा गणतन्त्र आई सक्दा पनि सवै वर्गको हित र उत्थान भए मात्र लोकतन्त्र र गणतन्त्र घोषणाको अर्थ पूरा हुन्छ । तर प्रस्तुतिमा हामीले हाँस्यलाई नै जोड दिएका छौं ।
०तपाईंहरूको यो टीम कसरी बन्यो ?
अहिलेको यो नयाँ टिम हो । दमन रूपाखेतिसँग हामीले मेरी बास्सै कार्यक्रम सुरु गरेका थियौं । यो समसामयिक ब्यंग्य हो । नौलो चिजको खोजी गरेका छौं । नयाँ स्वाद जान्छ भन्नेमा विश्वस्त छौं ।
० मेरी बास्सैको पष्ठभूमि के हो ?
मुख्य कुरा त्यसको ब्याकग्राउन्ड नै गाउँले कथा बस्तु नै हो । अहिले सदावाहार टीम पनि होइन ।
० मेरी बास्सैमा आउन अगाडी कलाक्षेत्रमा सम्बन्धित हुनुहुन्थ्यो ?
मेरी वास्सै आउन अघि जिरे खुर्सानीमा काम गरेको थिएँ ।
०
विद्यालयमा पनि तपाईं अभिनय गर्नु हुन्थ्यो ?स्कुलको अतिरिक्त क्रियाकलापमा म डेढदर्जन शिक्षकहरू मध्ये आधाको क्यारिकेचर हुवहु गर्थें । यही क्रममा मैले पढेको गौरादह झापाको ज्ञानज्योति माविमा एकजना शिक्षकको क्यारिकेचर गर्दा शिक्षकबाट हनुमान धुलाई पनि खाएको छु । यो ५६ सालको कुरा हो । मेरो प्रहसनको शीर्षक \'शिक्षामा लगनशीलता\' थियो । क्यारिकेचर हेरुन्जेल सवैजना हाँसे, शिक्षक पनि हाँस्नु भयो तर प्रहसन सकिनासाथ वहाँले नै \'तैंले मेरै क्यारिकेचर गर्नु पर्छ\' भन्दै दुई थप्पड लगाएका थिए । मेरो लािग दुई झापड पनि अभिनयकर्मको आधार बनेको महसुस गरेको छु ।
तपाईं कोबाट प्रभावित हुनु हुन्छ ?
मैले हेरेको पहिलो टेलिचलचित्र \'कान्तिपुर\' हो । त्यो ५२/५४मा नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । यसअर्थमा म मह जोडीबाट प्रभावित छु ।
| पाठक प्रतिक्रिया | |
|
|