


नेपाल विजनेदश सोसाइटी अफ मलेसियाले यसपालको हरिरायामा विजयादशमी लाइभ कन्सर्टको कार्यक्रम आयोजना गर्दैछ । वर्षेनी हुने कार्यक्रमभन्दा यसपालको कार्यक्रमले धेरै छाप छोड्ने कुरा आयोजक टोलीले विश्वास गरेका छन् । कार्यक्रम नेपालबाट आमन्त्रित ८ जना कलाकारको उपस्थितिमा सम्पन्न हुनेछ । ति कलाकारहरूमा चर्चित पप गायक धिरज राई, चर्चित नायिका रेखा थापा, आरजे कोमल वली, नायिका ऋचा घिमिरे, गायिका राधा राई र हास्यकलाकार टोली कुञ्जना घिमिरे, सिताराम कट्टेल र केदार घिमिरे रहेका छन् ।
कार्यक्रमलाई मलेसियाको चर्चित टेलि कम्यूनिकेशनले प्रमुख प्रायोजन गरेको छ । झण्ढै ९९ प्रतिशत नै डिजीद्धारा प्रायोजन भएको कार्यक्रमबाट नेपाल विजनेश सोसाइटी अफ मलेसियालाई एउटा ठूलो कोष खडा हुने भएको छ । उक्त कोषबाट दुर्घट्नामा मृत्यु भएको मृतकको परिवारलाई सहयोग, काम गर्दा गर्दै दुर्घटना हुन गएमा, कम्पनीले सहयोग नगरेको खण्डमा उपचारको लागि र नेपालमा प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुन गएमा सहयोग गर्ने भएको छ ।
मलेसियाको तीन ठाउँमा हुने भएको कार्यक्रम १ अक्टोबरमा बुकित किरा इन्डोर दमनसारा, केएल, २ अक्टोबरमा जोहोर र ५ अक्टोबरमा पेनाङमा हुनेछ । केएलको लागि कार्यक्रम स्थलसम्म २८ वटा बसको व्यवस्था समेत भएको र आरएम २० को टिकटदरमा छिर्दा छिर्दै आरएम १० को डिजी रिलोड गरिनेपनि भएको छ । प्रस्तुत छ, उक्त कार्यक्रमको लागि आमन्त्रित कलाकार केदार घिमिरे (माग्ने बुढा) को अन्तर्वार्ता ।
प्रहसनमा तपाईंको भूमिका के हो ?
एउटै प्रहसन भए पनि यो सवै मेरी बास्सै कै गेट अपमा हुन्छोै । म \'माग्ने बुढा\' नै भएको छु ।
यो प्रहसन कस्तो छ ?
मुलतः प्रहसनले समाजिक विक्रीति र विसंगतिको ब्यग्यं गर्छ । त्यसैमा मैले निर्वाह गरेको माग्ने बुढाको भूमिकामा पनि पर्यो ।
माग्ने बुढाको बास्तवमा हो चाहीं के ?
समाजमा भएका तीन खराव चरित्रको प्रतिनिधी हो । एउटा काम नगर्ने अरुलाई सताउने ब्यक्तिको चरित्र चित्रण गरिएको हो । तसर्थ यसमा मूलतः तीन चरित्रको संयोजन पनि छ । जस्तो काम नगर्ने मागेरै काम चलाउने, अर्को काम नगर्ने अरुलाई दुःख दिने-सताउने छ भने अर्को चाहिं अरुलाई हप्काएर खानेको तीन चरित्रलाई माग्ने बुढाले प्रतिनिधित्व गरेको छ । यो कुनै निश्चित व्यक्ति माथि गरिएको व्यंग्य हैन ।
तपाईंहरूको टिम बनेको चाहिं कसरी हो ?
काम कै सील-सीलामा हाम्रो टीम बनेका हो । अहिलेसम्म टीम स्पीरिट मिलेेको छ । यहाँसम्म सफलता पनि हासिल गरिएको छ । भोली कहाँ पुगेर टुंगिन्छ त्यसको कुनै टुङगो छैन ।
मेरी बास्सै कति भाग जान्छ ?
कम्तिमा पनि साढे दुई वर्षको लागि मिडिया हबसँग सम्झौता भई सकेकोले त्यहाँसम्म त मेरी बास्सै टिम जम्छ । त्यसभन्दा उताचाहिं दर्शकको रुचीमा भर पर्छ । त्यतिञ्जेलसम्मको हाम्रो मेहनतमा पनि यो निर्भर रहन्छ ।
साँचै इकू चरित्र अंग्रेजी चलचित्रको नक्कल हो कि नेपाली सभ्यताको व्यंग्य ? अब इकू आउँछ कि आउँदैन ?
कथा सिद्धियो । \'इकू\' गयो । तर यो कुनै अंग्रेजी चलचित्रको नक्कल होइन । त्यस्ता मान्छे हाम्रो देशमा अझै छन् । नाम तोकी दिंदा जातीय आक्षेप लाग्छ । तर इकू चाहीं काल्पनिक चरित्र नै हो ।
पात्र ल्याउनुको कारण ?
अहिले पनि जंगलमा जीवन यापन गर्ने हाम्रा नेपाली बन्धुमा मानवीयता छ तर आधुनिक र सभ्य मान्ने हामीहरू भने लोभ लालचले गर्दा काटाकाट र मारामारको अवस्था छौं । भन्ने देखाउन खोजेका हौं ।
बाँदरे चाहीं कसरी जन्माउनु भयो ?
बाँदरे भन्ने रोल जमेकोले अहिलेसम्म स्थान पाई रहेको छ । नजमेको भए दुई चार भागबाट नै आउट भई सक्थ्यो । उस्ले यसो काम गरौंन भन्दाखेरि अवसर पाएको हो । यसमा कुनै तानाबाना छैन ।
साँचै तपाईंको नक्कली जुँगा डढाउँदाको प्रसंग के हो ?
नक्कली जुँगाको कारण मलाई छालाको इन्फेक्सन भयो र डाक्टरले नक्कली जुँगा नलगाउन उर्दी नै गरे । एउटा कथामा पुर्याएर जुँगा डढाउनु पर्यो । अहिलेको जुँगा मैले पालेकै हो ।
फरक के पाउनु भयो ?
नक्कली लाउँदा लामो र हाँस उठ्दो हुन्थ्यो नलाउँदा केही फरक त अवस्य पर्दो नै रहेछ ।
मलेसियामा रहेका दर्शकहरूलाइ के सन्देश छ ?
आशा छ हाम्रो प्रस्तुतिले मलेसियामा रहेका हाम्रा दर्शकहरूले भरपूर मनोरञ्जन पाउनु नै हुनेछ । किनभने यसअगाडी पनि हामीले कतार र वहराईन लगायत नेपालको ४० जिल्लामा करिव ९० पटक यो प्रहसन गरी सकेका छौं । सवैले उत्तिकै मन पराएका छन् । प्रहसन् जति रटायो उत्ति खारिने विधा हो । त्यसले गर्दा पनि दर्शकले भरपूर मनोरञ्जन र सन्देश जान्छ विश्वस्त छौं ।
अँ, टेली सिरियल र प्रहसनमा भिन्नता के छ ?
प्रहसन गर्दा छुट्टै आनन्द हुन्छ । किनभने प्रहसन दर्शकको अगाडी प्रत्यक्ष रूपमा गर्नु पर्छ भने तर सिरियलमा यस्तो हुँदैन । तसर्थ आकाश पतालको फरक मान्दा हुन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|