


नेपाल विजनेदश सोसाइटी अफ मलेसियाले यसपालीको हरिरायामा विजयादशमी लाइभ कन्सर्टको कार्यक्रम आयोजना गर्दैछ । वर्षेनी हुने कार्यक्रमभन्दा यसपालीको कार्यक्रमले धेरै छाप छोड्ने कुरा आयोजक टोलीले विश्वास गरेका छन् । कार्यक्रम नेपालबाट आमन्त्रित ८ जना कलाकारको उपस्थितिमा सम्पन्न हुनेछ । ति कलाकारहरूमा चर्चित पप गायक धिरज राई, चर्चित नायिका रेखा थापा, आरजे कोमल वली, नायिका ऋचा घिमिरे, गायिका राधा राई र हास्यकलाकार टोली कुञ्जना घिमिरे, सिताराम कट्टेल र केदार घिमिरे रहेका छन् ।
कार्यक्रमलाई मलेसियाको चर्चित डिजी टेलिकम्यूनिकेशनले प्रमुख प्रायोजन गरेको छ । झण्ढै ९९ प्रतिशत नै डिजीद्धारा प्रायोजन भएको कार्यक्रमबाट नेपाल विजनेश सोसाइटी अफ मलेसियालाई एउटा ठूलो कोष खडा हुने भएको छ । उक्त कोषबाट दुर्घट्नामा मृत्यु भएको मृतकको परिवारलाई सहयोग, काम गर्दा गर्दै दुर्घटना हुन गएमा, कम्पनीले सहयोग नगरेको खण्डमा उपचारको लागि र नेपालमा प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुन गएमा सहयोग गर्ने भएको छ ।
मलेसियाको तीन ठाउँमा हुने भएको कार्यक्रम १ अक्टोबरमा बुकित किरा इन्डोर दमनसारा, केएल, २ अक्टोबरमा जोहोर र ५ अक्टोबरमा पेनाङमा हुनेछ । केएलको लागि कार्यक्रम स्थलसम्म २८ वटा बसको व्यवस्था समेत भएको छ भने आरएम २० को टिकटदरमा कार्यक्रम स्थल हलमा छिर्दा छिर्दै आरएम १० को डिजी रिलोड गरिनेपनि भएको छ । प्रस्तुत छ, उक्त कार्यक्रमको लागि आमन्त्रित कलाकार राधा राई संगको कुराकानी ।
बाह्र वर्षमा खोला र्फकन्छ भन्ने नेपाली उखानै छ, तर राधा राईको सन्दर्भमा त नौ वर्षमै फक्र्याे होइन ?
- र्फकेकै हो । बाह्रमा नभएर नौ वर्षमै खोला फर्किनुको पछाडि राधा राईको लगावले यसो हुन गएको हो । मैले गरेको मेहनतको सही पहिचान भएको हो भन्छु म ।
नयाँ प्रतिभा खोज्ने बीबीसी नेपाली सेवाको अभियानमा विजेता बनेपछि मात्रै चर्चामा आएकी होइन राधा राई ?
-एक हदसम्म सही हो । बीबीसीमा विजेता नबनेकी भए इमेज अवार्ड त छँदै थियो नि ।
चिठ्ठा नै पर्यो होइन २०६४/६५ मा त ?
-चिठ्ठा नै त नभनुँ । यो एउटा मीठो संयोग मात्रै हो । मीठो संयोग हात लाग्नुअघि मैले गरेको मेहनत खेर गएन । मैले आफूसम्बद्ध विधामा गरेको मेहनत अनि उस्तै दुःख पनि त गरेकी छु ।
कस्तो दुःख ?
-मैले गरेकी दुःख भनेको त्यो हो, जसले श्रोतालाई राधा राई गायिका भनेर चिनायो । त्यो दुःख नगरेको भए म कुनै अर्कै क्षेत्रमा हुन्थें सायद ।
उपस्थिति कुन क्षेत्रमा रहन्थ्यो ?
-सायद बैङ्कको जागिरे हुन्थें । बैङ्कको जागिरेजस्तो लोभलाग्दो अर्काे जागिर हुन्छ जस्तो लागेको थिएन ।
इमेज अवार्डमा प्रतिपस्पर्धीका रूपमा रहेकी कुन्ती मोक्तानलाई पछाडि पार्दै उत्कृष्ट महिला गायिकाको उपाधि हात पारियो । त्यसैले कुन्ती मोक्तानभन्दा राधा राई उत्कृष्ट गायिका भइन् हो ?
-त्यसो होइन । म कुन्ती मोक्तान दिदीलाई सधैं आदर गर्छु । सम्मान गर्छु । उहाँ मेरो गुरु हुनुहुन्छ । तसर्थ उहाँभन्दा म कसरी उत्कृष्ट ठहरिन्छु ? एउटा संयोग मात्रै मान्छु- यसपालिको इमेज अवार्डमा उहाँसँगै प्रतिस्पर्धा गर्नु पर्यो । नतिजामा यस वर्षका लागि मेरो मेहनतको कदर मात्रै भएको हो ।
साङ्गीतिक कार्यक्रमका लागि मलेसिया आउँदै हुनुहुन्छ । कार्यक्रम आयोजक तथा प्रायोजकलाई के भन्नुहुन्छ ?
-सुनेकी छु- मलेसियाको निजी कम्पनी \'डीजी कम\'ले प्रायोजक रहेको हुन लागेको यो नै पहिलो साङ्गीतक कार्यक्रम हो । त्यस्तो कार्यक्रममा मलेसियामा रहेका नेपालीले राधा राईलाई पनि सम्झनुभयो । कम खुसी लागेको छैन । जसका लागि कार्यक्रम आयोजक तथा प्रायोजकलाई हार्दिक धन्यवाद अनि त्यहाँ रहेका नेपालीलाई पनि ।
| पाठक प्रतिक्रिया |
| radha rai ji dhanyabad 6a tapailai bides ma basera pani tapaiko surilo swar sunna paiyo yo nai hami prabasi haruko saubhagya ho.aasa 6a pheri pani tapaiko yastai karyakram ma sahabhagi huna pau6u. ra tapaisanga pheri pani bhet hune6a |
| santosh lama|30-Dec-2008 03:00:21 |
| sabay ram ro lagyo taya hune saba e nepali ko khabar janna paya hun thi yo rayaha bata khabar adan pardan gari dine bewasta milaya ramro hune thi yo |
| sharad subba|26-Sep-2008 09:42:58 |
| рд░рд╛рдзрд╛ рд░рд╛рдЗ рдЬреА рдЦреБрд╕реА рдЫреБ|рдЬреЛ рдЬрддреА рдЦреЛрдЯрд╛рдЩ рдмрд╛рдЯ рдЙрджрд╛рдЙрдиреБ рднрдПрдХрд╛ рд▓реЛрдХ рдЖрдзреБрдирд┐рдХ рдЧрд╛рдпрдХ рдЧрд╛рдпрд┐рдХрд╛ рд╣рд░реБрдорд╛ рддрдкрд╛рдИрдВ рдкрдирд┐ рдПрдХ рд╣реЛ рдЬреЛ рдореЗрд░реЛ рд▓рд╛рдЧрд┐ рдорд╛рддреНрд░ рд╣реЛрдЗрди рдЬреЛ рдХреЛрд╣реА рд▓реЛрдХ рдЕрдиреБ рд░рд╛рдЧрд┐рд╣рд░реБрдХреЛ рд▓рд╛рдЧрд┐ рдкрдирд┐ рд╣реЛ |рдпрд╕реНрддреИ рдЧрд░реА рддрдкрд╛рдИрдВрд╣рд░реБ рдкреВрд░реНрд╡рдХреЛ рдореБрд▓ рдвреЛрдХрд╛ рд╣реБрдиреБрд╣реБрдиреНрдЫ рд╕рдВрдЧреАрдд рдпрд╛рддреНрд░рд╛рд▓рд╛рдИ рдпрд╕реИ рдЧрд░реА рдЕрдШреА рдмрдврд╛рдЙрдиреБрд╣реЛрд╕реН|рдЕреМрдиреЗ рдирдпрд╛рдБ рдкрд┐рдзрд┐рд▓рд╛рдИ |рдорд╛рд░реНрдЧ рджрд░реНрд╢рдирдХреЛ рдЦрдЪреЛ рдЫ |рд╣рдЬреБрд░рдХреЛ рдпрд╛рддреНрд░рд╛ рдЕрддрд▓ рд░рд╣реЛрд╕реН |рд╣рд╕реНрдд рдмрд╛рдЗ рд░рд╛рдзрд╛ рджрд┐рджреА |рд╣рдЬреБрд░рдХреЛ рдорд▓реЗрд╕рд┐рдпрдХреЛ рдпрд╛рддреНрд░рд╛ рдкрдирд┐ рд╕рдлрд▓ рд╣реЛрд╕реН |
| рднрд╛рдИрд░рд╛рдЬ рд░рд╛рдЗ рдХр|22-Sep-2008 07:25:38 |
| पाठक प्रतिक्रिया | |
|
|