


कामको सिलसिलामा मलेसिया आएर कला क्षेत्रमा आफ्नो स्थान जमाउन सफल भएकी छिन् नृत्याङना रेखा राई जिवन साथी समेत बनाउन सफल भएकी छिन्, भने हाल आफ्नो श्रीमान संगै रावाङस्थित व्यापारमा व्यस्त रहेको कुरा बताउछिन् उनी । अब छिट्टै ठूले दाईको फिल्म \"परदेशको पीडा\" नामक फिल्मका मुख्य नायीकाको अभिनय गर्दै छिन् उनी । उनी संग हाम्रा सम्वाददाता कृष्ण गाउंलेले गर्नुभएको कुराकानी प्रस्तुत छ ।
स्वागत छ तपाईलाई नेपाल मलाया खबर डट कममा ।
- तपाई लगायत नेपाल मलाया खबर डट कमलाई धेरै धेरै धन्यवाद ।
तपाईको परिचय दिनुहोस्न ?
- म रेखा राई मेरो घर इलाम माई पोखरी हो हाल मलेसियामा छु ।
शैक्षिक यात्रा ?
- देशमा चर्केको गृह युद्ध र बेरोजगारीको कारण पढाईलाई त्यती अगाडि बढाउन सकिएन साधारण नौ कक्षा सम्म पढेको छु ।
नेपालमा के गर्नुहुन्थ्यो ?
- घरमा बुबा ममीलाई काम सघाउथे पढाइलाई पनि अंगाल्नै पर्Юयो जिल्ला स्थरीय कार्यक्रमहरुमा पनि भाग लिने गर्थे ।
प्रवासमा दिनचार्यहरु कसरी बितेको छ ?
- पहिले साथीहरु संग संगै काम गरेर बिताउथे हाल व्यावसायमा व्यस्त भएको कारण आफ्नै रेष्टुरेष्टमा ग्राहकहरु संग बिताउने गरेको छु जे होस् खुःशी साथ बितिरहेको छ ।
भावी योजना के छ ?
- योजना सबै पुरा गर्न सकिएला जस्तो चाहिं छैन, तर आफ्नो कलाकारीतालाई भने निरन्त अगाडि बढाउने कोशीष गर्नेछु ।
मलेसियामा रहेका कलाकारहरु मध्ये तपाई पनि एक स्थापित कलाकार हुनुहुन्छ, यस बिषयमा तपाईले कस्तो अनुभव गर्नु भएको छ ?
- मैले सोचेको पनि थिइन विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको यति धेरै माया पाइन्छ भनेर, आज उहांहरुकै मायाबाट कला क्षेत्रमा सफलता हांसील गर्न पाएको छु । उहांहरुले माया गरीदिनु भएकोमा म ज्यादै खुशी छु ।
कस्को प्रेरणाबाट यस क्षेत्रमा लाग्नु भएको हो ?
- सानै देखि नृत्य गर्न रुचि थियो, नेपालमा बिद्यालय स्तरीय, कल्बको, कार्यक्रमहरुमा भाग लिइ रहन्थे, मलेसियामा इपो भएको कार्यक्रमबाट शुरुवात भएको हो आफ्नै प्रयास भन्नु पर्छ खासै अरुको प्रेरणा पाएको छैन ।
\"परदेशको पीडा\" नामक फिल्ममा पनि मुख्य पात्रको रुपमा अभिनय गर्दै हुनुहुन्छ, कस्तो लागेको छ ?
- परदेशमा आएर पनि कला क्षेत्रमा आफ्नो स्थान बनाएर \"परदेशको पीडा\" फिल्ममा अभिनय गर्न पाउदा ज्यादै खुशी लागेको छ । जुन कुराहरु मले सोचेको पनि थिइन ति अवसरहरु दिनुहुने सम्पूर्ण अग्रजहरुलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु ।
तरेली सांस्कृतिक समुहको सदस्य पनि हुनुहुन्छ, कस्तो छ तरेली समूह ?
- हाम्रो पहिलो समूह नै तरेली समूह हो यसमा आज पनि सक्रिय छु, र भाली पनि समूहका लागि सक्रिय रुपमा अगाडि बढ्नेछु ।
प्रवासमा जिवन साथी पनि बनाउनु भएको छ, कस्तो लागेको छ ?
- वास्तवमा कामको शिलसिलामा मलेसिया आएर कला क्षेत्रमा सक्रिय भएर अगाडि बढ्दै जादा दुबै जनाको भेट भयो, बिस्तारै समय बित्दै जादा मन मिल्यो प्रेम बस्यो तब बिबाहमा परिणत भयो । यसमा मैले आफै प्रेमको बिवय ठानेकोछु म खुशी छु ।
अन्त्यमा भन्नै पर्ने केही ...................... ?
-नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०६५ साल को देश तथा बिदेशमा रहनुहुने सम्पूणे नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
| पाठक प्रतिक्रिया |
| kina ho yati saro maya gareko .... sauta sanga gayechhau bahini k garchhau ma pani timro gaule ho |
| samir|18-Nov-2008 11:31:38 |
| Tapain ko bichar ra chahana ramro chha. Kala chhetra ma anjha safalta milos. Yehi mero subhakamana. Suva DIPAWALI. |
| Tejendra Rokaya|19-Oct-2008 03:18:03 |
| rekha bhahini bisedha ko thauma pani tapai ko kala kaarita safal bhayeko ma khusi lageu.sathai safalatako shubha kamana ch.ani 2065 salako shubha dipawaliko shubha kamana satha yo marubhumiko deshama yo tapaiko dai bhai tikako aasa ma chu.tapaiko daapatya jiveen ko shubha kamana cha. |
| parshu sangpang (rai)|15-Oct-2008 17:10:22 |
| Great ,Reka ji you are great. |
| Raghu N` Adhikari|04-Oct-2008 01:31:36 |
| पाठक प्रतिक्रिया | |
|
|