


रुपन्देही साल झण्डी स्थाई घर भएका २७ बषिर्य मदन परियार रोजगारको शिलसिलामा आज भन्दा दुई बर्ष अगाडि मलेसिया प्रवेष गरेका हुन । स्वदेशमा रहदा ढेड बर्ष सम्म पत्र पत्रिकामा काम गरेको उनी बताउछन् । तर मलेसियामा पत्र पत्रिकाको ओइरो लागिरहेको बेला पनि परियार आफनै काममा व्यस्त रहेको देखिन्छ । परियार संग नेपाल मलया खबरले गरेको कुराकानी यहां प्रस्तुत छ ।
स्वागत छ मदन जी नेपाल मलाया खबर डट कममा ।
तपाई लगायत सम्पूर्ण नेपाल मलाया खबर डट कम परिवारलाई धेरै धेरै धन्यवाद ।
हाम्र पाठक वर्ग सामु तपाईको परिचय बताईदिनुहोस्न ।
म मदन परियार आज भन्दा २७ बर्ष अगाडि प्युटानमा मेरो जन्म भएको हो र हाल स्थाई रुपमा लुम्विनी, रुपन्देही साल झण्डी ५, बसोबास गर्दै आएको छु । घरमा बुबा आमा पांच भाई र दुई दिदी बहिनीहुनुहुन्छ ।
शैक्षिक यात्रा ?
इन्टर सम्मको अन्यान गरेको छु ।
स्वदेशमा रहदा के गर्नुहुन्थ्यो ?
अध्यानको अलवा शुरुशुरुमा त घरमा काम सघाउथे पछिबाट मेची काली दैनीक पत्रिकामा काम गर्थे ।
पत्रिकामा कति बर्ष र कस्तो काम गर्नुहुन्थ्यो ?
डेढ बर्ष अपरेटर बनेर काम गरे ।
पत्रिकाबाट के कस्ता अनुभवहरु बटुल्नु भयो ?
नयां नयां साथहीहरु संग भेट भयो, नयां नयां शिक्ष ज्ञानगुनका कुराहरु तथा सामाजिक कुराहरु सिक्न पाइयो ।
कुन क्यापस पढनुहुन्थ्यो र कुन समयमा काम गर्नुहुन्थ्यो ?
बुटवल बहुमुखी क्यापसमा पढ्थे, बिहान तीन बजेबाट लगभग चार घण्टा पत्रिकामा काम गर्थे ।
कुन शिलशिलामा मलेसिया प्रवेष गर्नु भएको हो, कति भयो मलेसिया आउनुभएको ?
रोजगारको शिलसिलामा प्रवेष गरेका हुं दुई बर्ष भयो ।
मलेसियामा के कस्ता अनुभवहरु बटुलनु भयो ?
विदेश भनेको अर्काको ठाउं हो यहां राम्रा नराम्रा दुवै हुन्छन् । नराम्रा चिजबाट बचि राम्रो बाटोमा लाग्नु पर्दछ । नयां नयां ज्ञानवर्द्धक कुराहरु सिकेर भोलि स्वदेशमा फर्के पछि सदुपयोग गर्न सकियोस्, यहां परिश्रम गर्न सिकियो, लगानशिलता हुनुपर्छ भन्ने सिकियो ।
तपाईको अहिले सम्म दुःख र सुखको क्षण ?
घर छोडे देखि अहिले सम्मका दिनहरुमा सुःखको अनुभव गर्न पाईएको छैन । दुःखका क्षणहरु धेरै छन् । आफ्नो सम्पूर्ण परिवारलाई छाडेर परदेश आउनु परेकोमा दुःख लागेको छ । सुःखको अनुभूति अबका दिनहरुमा आशा गरेको छु ।
नेपाल कहिले र्फकनुहुन्छ ?
आफ्नो सम्झौता तीन बर्ष पुरा गरेर र्फकन्छु ।
अत्यमा भन्नै पर्ने केही कुरा ?
प्रवासमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु जुन उद्देश्यले घर परिवारबाट टाढा रहनुभएको छ । आफ्नो उद्देश्यलाई नभुली पुरा गर्न आग्रह गर्दछु र जाड, रक्सी, जुवा तास, वेश्यालय आदिबाट टाढा रही आफूले सिकेको सिप र कमाएको रकमलाई सही ठाउंमा सदुपयोग गरी नयां नेपाल निर्माणमा सहयोग पुर्Юयाउन हामी सबै एकजुट हौं । आफ्नो प्यारो मात्यृभूमिलाई सम्झने गरौं यि मेरा कुराहरु राख्नलाई तपाईहरुको अमुल्य समय तथा लोकपि्रय अनलाईन पत्रिका नेपाल मलाया खबर डट कम प्रति आभार प्रकट गर्दछु ।
| पाठक प्रतिक्रिया | |
|
|