


हामी जहां जुन ठाउंमा गएर बसे पनि हामी नेपाली हौं र आफ्नो भाषा, संस्कार, संस्कृतिलाई जोगाउनु हामी सबैको कर्तव्य हो । समय अनुसार चले पनि संस्कृतिलाई भुल्नु हुदैन समयको सदुपयोग गर्न सिक्नु पर्छ र हामी एक अर्काको माया ममताबाट नै अगाडि बढ्न सकिन्छ । बिदेशमा सिकेका नयां नयां कुरालाई आफ्नो मातृभूमि फर्केर सदुपयोग गरौं घरपरिवार संग दुःख सुख बाढी हांसी खुशीका साथ समय बिताउ ।
नमस्कार यमुना जी नेपाल मलाया खबर डट कममा तपाईलाई स्वागत छ ।
मेरो पनि नमस्कार तपाई लगायत सम्पूर्ण नेपाल मलाया खबर लगायत सम्पूर्ण पाठक वृन्दहरुमा ।
तपाईको परिचय पाऊन ?
म यमुना श्रेष्ठ मेरो घर काठमाण्डौं बालाजु बुबा चिज कुमार आमा लक्ष्मी श्रेष्ठकी माहिली छोरी हुं दिदी बहिनी जिना, सिता र दाजुभाई जिवन र सुमन हुनुहुन्छ । हाल रोजगारको शिलशिलामा तीनबर्ष यताबाट केलाङस्थित एस एफ मिनि कम्पनिमा कार्यरत छु ।
शैक्षिक यात्रा ?
एस.एल.सि. सम्म ।
विद्यार्थी जिवनको एक क्षण ?
म सानै देखि चञ्चले स्वाभावकी थिए बजारमा कुनै नयां फिल्महरु आउन हुदैन थियो पढाई छाडेर भए पनि फिल्म हेर्न पुग्थे । केटी साथीहरु भन्दा ज्यादा केटा साथीहरु थिए विद्यार्थी जिवनमा विशेष सहयोगी केटा साथीहरु एक नाथ शाक्य र भुवन श्रेष्ठ थिए । कक्षामा पढदा मलाई रानी बनका केटाहरुले चक र ढुङगाले हिर्काइ रहन्थ्यो, एक पटक मैले राम्रो संग सम्झाए तर अर्को दिन पनि त्यही कार्य दोहोरीएपछि उसको गलामा एक चड्कन हाने उसले केही प्रतिउत्तर दिएन पछि मलाई अर्कै फिलिङ भयो यो घटना कहिल्यै बिर्सन सक्दिन ।
उनले तपाईलाई मन पाएको होला नि ?
त्यो त थाहा भएन यदी मन पराएको हो भने सिधै भन्न सक्थ्यो नि ।
नेपालमा के गर्नुहुनथ्यो ?
प्रवेश श्रेष्ठ र पवन श्रेष्ठमा साथ चेस कलमा काम गर्थे, र बांकी समयमा मोडलिङ गर्थे ।
बिबाह गर्नु भयो ?
म अविवाहित हुं अब छिट्टै स्वदेश र्फकदैछु र छिट्टै विवाह बन्धनमा बाधिन्नु पर्ला ।
भविष्यमा के बन्ने बिचार छ ?
कुशल गृहणी बन्ने ।
प्रवासमा दिनर्चाय कासरी बितीरहेको छ ?
कम्पनीमा काम गर्छु छुटिट्ट भएको समयमा साथीभाईहरु संग भेटघाट गर्छु, र सांस्कृतिक कार्यक्रमहरमा भाग लिन्छु ।
प्रवासमा सांस्कृतिक कार्यक्रमहरुमा भाग लिन पाउदा तपाईलाई कस्तो लागेको छ ?
प्रवासमा आएर पनि आफ्नो देशको संस्कृतिलाई दर्शकहरमा देखाउन पाउदा भाग्यशाली ठानेको छु । आफ्नो कला र गला भाए पछि जहां पनि प्रस्तुत गर्न पाईदो रहेछ म एकदम खुशी छु ।
यहां त संघ संस्थाहरु पनि अनगिन्ति छन् तपाई कुन संस्थामा आवद्ध हुनुहुन्छ ?
आवद्ध भन्नाले तमु समाज, तामाङ समाज, तरेली परिवार सबै संघ-संस्थाहरुमा त्यतीकै रुपमा काम गर्दै आएकी छु । तर ति संस्थाहरुको सदस्य चाहिं होइन ।
बिदेश आउने रहर कसरी लाग्यो ?
बच्चै देखि रहर थियो र सपनामा पनि सोची रहन्थे विदेश भनेको कस्तो हुन्छ ? मनमा कुराहरु खेली रहन्थ्यो बुबा आमालाई अनुरोध गरे उहांहरुले स्वीरकारनु भयो र सफल पनि भयो ।
कम्पनीमा काम गरेर पनि विभिन्न कार्यक्रमहरुमा सहभागि बन्नुहुन्छ समय कसरी मिलाउनुहुन्छ ?
समुन्द्रपारी हामफलेर काम गर्न आएकी हुं काम गर्ने समयमा काम गर्छु, छुट्टकिो समयमा कार्यक्रमहरुमा भाग लिने गरेको छु ।
बिजय दशमी लाइभ कनसर्ट तपाईलाई चित्त बुझेन रे हो ?
हो नेपालका ख्याती प्राप्त कलाकारहरुले पनि देशको संस्कृतिलाई झल्काउन सकेनन् नृत्य, गीत सबै राम्रै थियो तर उनीहरुको लगाव राम्रो थिएन । नायीका रेखा थापाको नृत्य मखमली चोली नभएर अरु पर्दशन गरे अनी नायीका ऋचा घिमिरेको नृत्य अतिनै भयो ।
तपाईलाई कस्तो कार्यक्रम मन पर्छ ?
देशको कुना कप्चामा होस वा विदेशमा जहां भए पनि आफ्नो संस्कृति झल्किने हुनु पर्छ समय अनुसार परिर्वतन भए पनि अतिनै चाहिं गर्नु हुदैन । मलाई नेपाली पन नै मन पर्छ ।
अन्तमा ?
प्रवासमा बस्नुभएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीलाई एक पटक घर परिवार सम्झनु आग्रह गर्दछु । र विदेशमा कार्यक्रम आयोजकहरुलाई कुनै पनि कार्यक्रमहरु गर्दा नेपाली पनमा गर्नु होला, आफ्नो देशको संस्कृतिलाई हामी सबैले जोगाउनु पर्दछ र सांस्कृतिक टोलीले राम्रो संग आफ्नो कला गला प्रर्दशन गर्नु होला र मेरो केही कुराहरु राख्नलाई तपाईहरुको लोकपि्रय अनलाईन पत्रिका नेपाल मलाया खबर डट कममा स्थान दिनु भएकोमा तपाई तगायत सम्पूर्ण परिवारलाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु ।
| पाठक प्रतिक्रिया |
| badai chha yamuna aagami dinaharuma pani timro astai pragati hosa bhanne kamana gardachhu timro pratima............. |
| ram krishna thakuri|08-Dec-2008 13:43:44 |
| bichar dharana karyakram aayojak lai sandes sarhai man paryo photo ali naramro rakhe6au ni kali thanks for ur news |
| santosh|01-Dec-2008 06:03:30 |
| ramra kuraharu sunnu sabai lai ramro nai lagchha.maile pani tyasailai nirantarata diyako matra ho. sadhai yastai kurako parkhai ma............................. |
| buddhi bhattarai|01-Nov-2008 04:08:48 |
| नमस्ते यमुन जी हजुर को शुभ सन्देस पढ्न पाइयो खुशी लाग्यो आशा छ आगामी दिन म पनि यस्तै.............................. |
| MOHAN KUMAR SHRESTHA|30-Oct-2008 14:04:56 |
| पाठक प्रतिक्रिया | |
|
|