

बाल्याकालदेखि नै गीत गाउन रुचि राख्नुहुने गायक भुपाल बि.क.को जन्म सगरमाथा अञ्चलको उदयपुर जिल्ला साउने गा.बि.स. वार्ड न.ं ५ मा आज भन्दा २६ बर्ष अगडि भएको हो । हाल weng meng sdn/bhd मलेसियाको फर्निचर कम्पनीमा कार्यरत छन् । सानै छदाा देखि गीत गाउन खप्पिस गाउाको स्कूल देखि लिएर बिराटनगर,काठमण्डौ ललितपुरको खोकन दोबाटो स्थित सेझ्याा कलाकुञ्जले आयोजना गरेको दसैतिहार कार्यक्रममा समेत गीतगाइसक्नु भएका कलाकार भुपाल बि.क. संग हाम्रा सम्वाददाता सम्प्रेम घिसिङ्गले गर्नु भएको कुराकानी
नमस्कार भूपाल जी, हाम्रो हाल खबर स्तम्भमा ?
धन्यबाद प्रेम जी,तपाई लगायत सम्पुर्ण नेपालमलायाखबर डट कम परिवरमा ।
तपाइको छोटो परिचय बताइदिनुहुन्छ की ?
मेरो नाम भूपाल बि.क घर उदयपुर जिल्ला साउने गा.बि.स. वार्ड नं. ५ मा पर्छ । घरको ६ दाजुभाई मध्येको अन्तरे हुं ।
मलेसियमा आउनु भएको कति भयो ? र के गर्दै हुनुहन्छ ?
मलेसिया आएको ३५ महिना भयो । म पनि एक श्रमिक नै हुं । तर कामबाट बचेको समयलाई संगीतमा बिताउने गर्छु ।
संगीत क्षेत्रमा नै किन लाग्नु भयो त ?
हरेक मान्छेको आ आफ्नै चाहाना र रुची हुन्छ । त्यस्तै मेरो पनि संगीत प्रति बढी रुची र चहाना भएकोले यो क्षेत्र नै मेरो लागि मन पर्ने ठाउा भयो ।
अध्यनलाई कहां सम्म पुर्Юयाउनु भयो र नेेपालमा छदाा के गर्नु हुन्थ्यो ?
अनुभव नै मेरो शिक्षा हो । अरुले म माथी गर्ने प्रशंसा नै मेरो योग्यता हो । अध्यनलाई नै मान्नु पर्दा एस.एल.सी हो । म नेपालमा छदां पढ्ने घरयासी काम गर्ने र कुनै पनि ठाउामा हुने नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी बन्थे ।
तपाईको विचारमा संगीत के हो ? गीत संगीतमा कस्को प्रेरणाबाट लाग्नुभयो ?
मेरो विचारमा संगीत भनेको कल्पना,भावना र चहानाको संगम हो । म गीत संगीतमा आफन्त परिवार र साथीभाइहरुको प्रेरणाबाट आएको हुं । ममा संगीत प्रति सानै देखि नै रुचि भएको हुनाले बाल्यकाल देखि नै गाउंघरमा, बनजंगलमा गाईगोठला,घांसदाउरा गर्दै हिड्दा पनि धेरै गीत गाउथे ।
प्रवासमा कसैको नियममा बसेर काम गर्दा कस्तो अनुभव पाउनु भो त ?
प्रवास भन्ना साथ पराइको भन्ने बुझिन्छ र प्रवासमा अरु कसैको नियम भित्र रहदां त्यहां न त इच्छा चाहानाले कदर हुन्छ, आफु सधै अरुको इसारमा चल्नुपर्ने रहेछ ताकी अरुको नियममा रहनु भनेको एउटा पिंजडा भित्र रहेको सुगाको जस्तै रहेछ भन्ने अनुभव भयो ।
गीत संगीतलाई कहां सम्म पुर्Юयाउनु भयो त ?
हाल सम्मलाई कामबाट बचेको समयलाई सदुपयोग गर्दै मलेसियामा नै रहेर संगीत प्रेमी साथीहरुसंग मिलेर एउटा \'प्रयास \' नामक गीती एल्वम तयार गरी सकेको छु । केहि समय पछि श्रोताहरुले सुन्न र हेर्न सक्नुहुने छ । करिब-करिब भिज्युलको काम अन्तिम तिर आईसकेको छ ।
हाल गीतसंगीत प्रति कति को सन्तुष्ट हुनुहन्छ त ?
हरेक मान्छे जब खुशी हुन्छ जहाा उस्को इच्छा र चाहानाको कदर गरीन्छ भने मेरो पनि संगीत नै ठूलो चाहाना भएको हुदां र एउटा गायकले पाउने इज्जत पाएको छु । सम्मान पाएको छु । धेरै दर्शकहरुको माय पाएको छु ताकी एउटा सांगितीक धरातालमा उभिएर आफूले आफैलाई नजिकबाट चिन्ने अवसर पाएको छु । त्यसैले संगीत देखि सन्तुष्ट छु । \'ं गीत संगीत नबुझेर पनि बुझे फेरि पनि बुझीन जब बुझे गीत संगीत त एउटा अनन्त महासागर पो रहेछ ।\'
मलेसियामा जति पनि स्थापना भएका संघसंस्थाको बारेमा के भन्न चाहानु हुन्छ ?
मलेसियामा जति पनि स्थापना भएका संघसंस्थाहरु छन् ती संस्थाहरुको एउटै उद्देश्य छ त्यो हो आत्मियता र भाइचाराको भावना हो । त्यसैले सबै संघ संस्थाहरुले सक्रिय भएर चल्ने हो भने हामी कुनै पनि नेपालीहरु दुःख पाउदैनौ होला ।
के तपाई कुनै संस्थासंग आबद्व हुनुहन्छ ?
छु , तरेली सांस्कृतिक समूहमा सदस्य ।
मगर संघले दिपावलीमा आयोजना गरेको दिपावली सााझमा तरेली समूहका अरु कलाकारहरु सबै उपस्थित भएका थिए ,तर तपाई कार्यक्रममा उपस्थित हुनुभएन नी ?
मेरो त्यो समयमा गीतको भिज्यूल गर्नुमा ब्यास्तता भएको कारण उपस्थित हुन सकिन ।
नेेपाल कहिले र्फकदै हनुहन्छ त ?
अबको एक बर्ष पछाडी ।
विवाह गर्नु भयो की भएन ? तपाईको बिचारमा प्रेम के हो ?
बिवाह गरेको छु । त्यो पनि लभ म्यारिच । हाम्रो प्रेमको निशानी स्वरुप एक छोरी छ । मेरो बिचारमा प्रेम दुई आत्माको मिलन हो ।
प्रसंग बदलौ,नेपालबाट कलाकारहरु बिदेशमा ल्याएर कार्यक्रम चलाउंदा कलाकारहरुलाई पारिश्रामिक दिन्छन् ,तर यहाा बिदेशमा नै श्रम गरेर संगीत क्षेत्रमा लागेका कलाकारहरुलाई बस भाडा समेत दिदैनन् भन्छन् नी यसमा तपाइको बिचार के छ ?
बास्तवमै भन्नु पर्दा सबै आयोजकहरुले नै त गर्दैनन् तर पनि धेरै ठाउामा हामी स्थानिय कलाकारहरुले यस्तो दुःखहरु खेप्नु परेको नै छ । मलाई लाग्छ वहााहरुले एउटा कलालाई आवश्यक संक्षरण दिन नसकेको होला । हुन त नेपालबाट आउने कलाकारहरु पनि हाम्रै नेपाली कलाकारहरु नै हुन् मेरो बिचारमा हामी स्थानिय कलाकारहरुलाई बढी प्रोत्साहन दिन पो नचाहेका हुन् की जहाा सम्म लाग्छ हरेक काम गर्दै जाादा सिकिने हो । त्यसैले यसो गर्नुमा आयोजकहरुको लापर्वाही हो । अर्को कुरा हामी पनि कलाकार हौं र हामीलाई कलाकार बनाउने कलाकारको नामकारण दिने पनि कार्यक्रम आयोजक र दर्शक नै हुन् तर पछि आएर हामीलाई अलिक ग्राहयता नदिनुमा देशको देउता भन्दा गाउंको भूतले सहयोग गर्छ अथवा काम गर्छ ज्ञानको अभाव होकी जस्तो लाग्छ ।
फुर्सदको समयलाई उपभोग गरेर एल्वम \'प्रयास\' रेकर्डिङ्ग गर्नु भएको छ, यस भित्र समेटिएका शब्दहरुले कस्तो सन्देश दिन सक्ला श्रोताहरुलाई ?
यो प्रयास एल्वममा नौलो किसिमको शब्दहरु छ ताकी धोका भाव शब्दाहरु कमै मात्र छन् । बढीमा माया पि्रतीको प्रशंसा गर्ने किसिमको शब्दहरु समेटिएको हुदां जहां सम्म हाम्रो श्रोताहरुलाई नयां नौलो किसिमको सन्देश दिनेछ ।
प्रयास एल्बम त रेकर्ड गर्नुभयो केे सबै गीतमा तपाईको नै स्वर,संगीत र रचनामा आएका हुन् त ?
होइन यसमा शब्दा रचना नारद चाम्लीङ्ग राईको छ, संगीतमा शिला बहादुर मोक्तान, मणि लिम्बू, रोशन वान्तवा, कुमार लिम्बूर खड्का राईको छ, भने एउटा लोकदोहोरी गीतमा म आफैले शब्दा रचना गरेको छु ।
अन्तमा, प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई के शन्देश दिन चहानुहुन्छ ?
सर्बप्रथम त ढिलै भए पनि विजयदशमी तथा दिपवलीको शुभकामना । मानिसको जिवनमा नराम्रो काम गर्ने अबसर दिनमा १०० पटक आउंछ तर राम्रो काम गर्ने अवसर बर्षमा १ पटक मात्र आउाछ । त्यसैले हामीले हरेक समयलाई सही तरीकाबाट सदुपयोग गर्न सिकौ । क्षमता बिनाको मान्छे कोहि हुदैन । समय संग हिड्न सके मानिस महान् बन्नसक्छ । आफु भित्रै लुकाएर नराखौ भन्दै अन्तमा मलाई यो ठाउंसम्ममा ल्याई पुर्Юयाउनु भएकोमा तपाई प्रेम घिसिङ्ग अनि लाखौ श्रमिकहरुको मुटुको ढुकढकी बन्न सफल नेपालमलायाखबर डट कम परिवार लाई धन्याबाद दिनचहान्छु ।
| पाठक प्रतिक्रिया |
| dhanyabat bupal g. |
| raju|18-Nov-2008 17:00:26 |
| thankas vupal ji |
| krishna|18-Nov-2008 12:58:27 |
| पाठक प्रतिक्रिया | |
|
|