

माइला दाइ !
वंश सिध्याएर श्रीपेज लायौ
२३८ वर्ष लामो राजतन्त्र तिमी आफैँले खायौ
माइला दाइ !
जनतालाई भेडावाख्रा सम्झी जिल्ला धायौ
जनतालाई झुटा आश्वासन बाँड्दै
जनताकै आँसुको माला लगायौ ।
माइला दाइ !
मनको कालो पखाल्न मन्दिर-मन्दिर धायौ
उल्टै भगवानबाट तिमीले श्राप पो पायौ
जनताको अधिकार खोस्यौ
गुण्डा र तस्करहरूलाई मन्त्री बनायौ
भ्रष्टहरूलाई अघिपछि लगाएर
स्वच्छ प्रशासनको नारा लगायौ ।
माइला दाइ !
जनताको आँधीलाई थाम्न सकेनौ
किनीएका कार्यकर्ता र नेताले
टिकाएन तिम्रो शासन
ए ! भनत
मोल्दै छन् कि तिनले छाडे तिम्रो पाउ ।
| पाठक प्रतिक्रिया | |
|
|