
सारै रमाईलो र आनन्दको दिनहरु थियो त्यो जिवन,अनि स्वणिर्म र रमाईलो ति सुनौलो दिनहरु अनि गोधुली साझ साथमा सदाबहार बसन्त झै हरियाली ति चियाबारी र बाास घारीहरु । जसरी निश्चल र पवित्र बहने नदिहरु साथमा अमर र अटल भएर रहने पहाडहरु । तिनिहरुको नै देखभाल गर्न राखीएका चाादी झै टल्कने हिम चुचुराहरु,रितु अनुसार फल्ने र फुल्ने मेरा बगैंचाहरु अनि यिनै भित्र अवश्थित देवि देउरालीहरु । यि सम्पूर्ण भित्र समेटिएर बनाईएको एउटा सानो मेरो झुपडी जुन झुपडीको बास र गाास नै मेरो जिवनका स्वणिर्म दिनहरु थिए । मेरो त्यो झुपडीमा संसारका प्राकृतिक सबै सुख अनि खुशियालीहरु थिए । यि झुपडीका सारा बस्तुहरु संग मेरो नाता सम्बन्ध थियो । जहा म जन्मिएर हुर्केको थिए,अर्को शब्दमा भन्नु पर्दा म नै त्यो झुपडीको सुरक्षाकर्मी थिए । मलाई यतिका आनन्द र खुशीमा राखीरहेको मेरो त्यो स्वर्ग भन्दा पवित्र स्थानको संरक्षण र जगेर्ना गर्ने मेरो कर्तव्य थियो । मैले यि सारा संग केवल लिएको मात्र थिए दिने म मा कुनै पनि सार्मथ्य थिएन यसैमा म दुःखी थिए ।झुपडीलाई मर्मत संम्भार गर्ने अनि बगैचा गोडमेल र मलजल गर्ने मेरो दावित्य थियो अनि केहि गरेर देखाउनु पर्ने मेरो कर्तव्य, यसै कारणले होला आज क्षितिजपारीको नौलो संसारको खडेरीले डढेलो लागेको तातो पराई माटोमा पलपल तड्पिएर संघर्ष गरीरहेको छु । भविष्यलाई सम्भि
छियछिया भएको मुटु छ, तितर बितर भएको उदेश्य जिर्णोदार छन् भविष्यका गोरेटोहरु अनि भग्नावसेसमा परिणत भएका छन् अतितहरु यि सारालाई सम्हाल्न सक्ने म मा त्यो क्षमता छैन,मेरो मुटु दुखेको छ मेरो झुपडीलाई हेरेर,आलोचना गर्नेहरुको बोली सुनेर, अनि झुपडीको जन्मिएका कारण तिरस्कार गर्ने आमाहरुको व्यावहार देखेर तर म हतोत्साहित भएको छैन कि यो सामाजिक प्राणी भएर दर्द र जंगली ब्यावहार गर्ने ति प्राणीहरुको अगाडी यिनै विविध कारणहरुले गर्दा नै पनि म मेरो लक्ष्यबाट रतिभर डगमगाउने छैन । मलाई प्यारो छ त्यहि मेरो झुपडी अनि मलाई माया छ म जन्मिएको माटोको सायद यसैले होला आज क्षितिजपारीको बिरानो गाउाबाट मेरो त्यहि झुपडी को लागि अनि त्यहि माटोको लागि, रगत र पसिना बगाउने त्यहि प्रवासी हुा म । जिन्दगी एउटा बिणा हो,जहाा बसेर विवाद बजाउन अति गाहृो हुन्छ ,भनेर महाकविले भनेका छन् । बिणारुपि जिन्दगीमा घटेका घटनाक्रमको संगाालो नै एउटा कहानीहरु नै साहित्यको त्यो भण्डारमा आउने गर्दछ । तर म त्यसको खातिर हैन एउटा महलको तस्वीर अनि मेरो त्यो झुपडीको तस्वीरलाई एकसाथ टाागेर म घण्टौसम्म हेरी रहन्छु कि मेरो झुपडीमा कति चिजको आवश्यकता छ म पलपल लागिरहन्छु कि झुपडीलाई महलमा परिणत गर्न किनकि मेरो उदेश्य त्यो हो । उदेश्य के लिनु उडी छुनु चन्द्रमा एक, मलाई यस्ता प्रकारका भावनाहरु आफै श्रृजित भएको छैन कसैले श्रृजना गरीदिएको हो ।
मेरो झुपडी देख्दा मलाई टुक्रयाई मेरो जिन्दगी संग पनि खेली सकिएको कारण मलाई गरिब र अनपढ भएको कारण मेरा सपनाहरुलाई कुठाराघात गरीदिएको कारण मलाई नरमाईलो लागेको हो । हो मानिस आफैमा एक विवेकशिल सर्वश्रेष्ठ प्राणी हो तर मानिसले यि सारा मानवता भुलेर पनि कु-कार्यहरु गर्ने गर्छ आफ्नो स्वार्थको लागी । स्वार्थ त्यो चिज हो जसले मानवलाई अन्धो र बिनालगामको बनाईदिन्छ यि भएपछि मानिसले मानवता परित्याग गरी दानवताको रुप धारण गर्छ । हुन त यो समयनै यस्तै होला,होरे आजको युग बैज्ञानिक चमत्कारिको युुग अनि यो युग खलनायक युग हो । यहाा नायक सफल हुदैन र हार्न पनि सकिरहेको छैन यो खलनायक को युग हो यहाा पलपल खलनायक सफल हुन्छ । समय परिवर्तनशिल छ विश्वले कााचुली फेरि सक्यो संसार कहााबाट कहाा पुगिसक्यो तर मलाई यि सब कुराले केहि फरक गरेको छैन अझैपनि मैले मेरो झुपडीलाई परिवर्तन गर्न सकेको छैन, जहा जाने गोरेटो बाटोहरु भत्किएका छन् अनि मानिसहरु जान छाडेपछि बाटोमा लेउ लागेको छ । अब जानुपर्दा अलि सम्हालिएर हिड्नु पर्छ ।
मलाई मेरो यो कार्य गर्न सजिलो छैन होला तर अभ्यास गरी रहन्छु अभ्यास नै एउटा सफलताको लागी भरपर्दो माध्यम हो । यि नै विविध समस्याले गर्दा म चयनले रहन सकेको छैन म हिड्छु , म सुत्छु, म आदि आदि कार्यहरु गर्छु मलाई मेरो त्यो झुपडीले पिरोली रहन्छ । चित्र अगाडी आएर सोधिरहन्छ तिम्रो उदेश्य कहिले पुरा हुन्छ ? म उतर दिन खोज्छु तर म संग उतर नै छैन,मलाई डर लागिरहन्छ की कतै मेरो सपना अधुरो त रहदैन ? त्यसैले म थकित छु,कतै मैले यि उदेश्य लिएर मेरो झुपडीलाई ठेस त पुर्याईन ?
ईलाम नगरपालीका
हाल,मलेसिया,०१६-९३९-२४२५
Email:-roshanprobhat@yahoo.com
| पाठक प्रतिक्रिया | |
|
|