

प्रथम पाइलामै निष्ठूरीले घृणाको तगारो लगाईदिदा
म चाहिन त्यो तगारोबाट अघि बढ्न ............ ।
अनमोल शब्द किन्न सकिन तर तिमीले श्रद्धाको ढोका बन्द नर्गनु
कल्पनाको घरमा आशाको दियो जिन्दगीमा नाटक नखेल्नु
सफलताले हांसीरहोस् म अस्ताई बिलाई गए पनि
बिहानीको लालि किरण छाइरहोस् तिम्रो जीवन पनि
प्रत्येक पाईला हांसी किरण छाईरहे पनि
प्रत्येक शब्द मेरो लागि मुटु बिझाउने कांडा भए पनि
आंशु आज दुनीयांको सामु, कृतिम हांसो हांसेर पनि
तर आज बाच्नलाई पनि साहस त गरेकै छु नि
प्रथम पाईलामै निष्ठूरीले घृणाको तगारो लगाइदिदा
म चाहिन त्यो तगारोबाट अघि बढन......... ।
दिक्तेल, खोटाङ
हाल मलेसिया ०१६९८१८०४४
| पाठक प्रतिक्रिया | |
|
|