

गिरिहरुको गर्भैबाट
जम्बुवानहरु लाई पन्छ्याउदै
नाघदै जलाधिहरु
रफ्तारिन्दै पवन कूञ्जमा
अकुटित,अकोप र अक्षत
मेरो आस्था...
बसेको छ
अनार्तबको टाकुरोमा
अकिञ्चितकर समयले
अदत्ता आस्थाको
लुट्न खोज्यो अवयव र
अक्षिगोलहरु बाट निक्लन थाले
अग्निस्त्रहरु...
अंशु बनि
बर्बताको पर्खाल ढाल्न,
हो,अंशु बनि
बर्बताको पर्वत ढाल्न र
साहित्यको प्रभात खोज्न
अनन्त जिज्ञासाहरु बोक्दै
मेरो निरब्यय आस्था
जब लाखा ैअकिञ्चनहरुका
धड्कन...धड्कन भित्र पस्यो
तब खडा भए
सभ्यताका - अदि्रहरु ।
आउ अब
फर्काउनु पर्छ त्यहि थलामा
गिरिहरुको गर्भैबाट
जम्बुवानहरुलाई पन्छ्याउदै
नाघदै जलाधिहरु
रफ्तारि पवन कुञ्जमा
अकुटिल, अकोप र अक्षत
अनार्तवको टाकुरोमा
बसिरहेको आस्थालाई
आउ अब फर्काउनु पर्छ ।।
हाल अनाम मण्डली
मलेसिया,०१६-९८५२३६८,
| पाठक प्रतिक्रिया | |
|
|