

उकाली ओराली, लेक बेसी, पहाड तराई अनी कहिले स्वदेश त कहिले विदेश जे गरे पनि यो जिन्दगीलाई मृत्युको मुखमा होम्नु न रहेछ । अनि बाचुन्जेल कसैलाई माया दिनु अनी कसैलाई अति भन्दा पनि अति माया गर्नु अनि जब बिछोड्को पीडामा परिन्छ नी त्यो समयमा जिन्दागीको नै अन्त्य जस्तो ............लाग्ने ।
एउटा स्मृतिको पाना जिन्दगीलाई एक अविश्मरणीय क्षण जुनी भरी पागल पन । खै के हो ? यो जिन्दगीको चक्र, परिचक्र पनि । एकै छिनमा हजारौ चुम्बी महल अनि त्यही महललाई क्षणिक समयमा नै छताछुल्ला, भताभुङ त्यही संसारमा वेहाल जिन्दगी व्यतित् गर्नु पर्ने खै के हो यो चक्र पनि । आज त्यही परिचक्रैमा म पनि फस्न पुगेको छु । अधुरो र असिमीत जिन्दगीको चाहनाहरु बोकी जिन्दगीलाई व्यतित् गर्न बाध्य भएको छु । क्षणिक समयको लागि पनि यो जिन्दगीलाई बिसाउन कही कतै पनि उचित किसीमको भञ्ज्याङ, चौतारीहरु पनि आज कही छैन ।
आज भन्दा तीन बर्ष अगाडि थिए तर आज त्यही कुराहरुको सम्झना मात्र हाइरहन्छ । खै के भनौ, के नभनौ म आफैमा वाक्यहरु छैन ति आज आफ्से आफ दुर्लब अवस्थामा छ । या कुनै हावाको वेग आधी, हुरीले कुनै एकान्त ठाउामा..............। खै कसरी पो भनौ ? सुनेको थिए की पे्रम कथाहरु यस्तो हुन्छ या धेरै मात्रमा धोका अनी बिछोड्को पीडा हुन्छ । तर आज म आफैले लेख्न बाध्य त्यो पनि...........। कस्तो यदि तपाईहरु आफै अनुमान गर्नुहोस् है............................... । आज म मेरो अधुरो जिन्दागीको कथा अनि व्यथा लोकपि्रय अनलाईन पत्रिका नेपाल मलाया खबर मार्फत तपाईहरु सामु प्रस्तुत गर्दै छु साथै यो मनलाई सान्त्वनादिदै छु । कुरा आज भन्दा ७ बर्ष अगाडीको हो । सो समयमा म ९ कक्षामा अध्यनरत थिए २०५७/७/१५/५ का दिन मेरो आाखा कुनै एउटीको वैशालुपना माथि पर्न गयो । सायद उनी नयां हुन सक्छे त्यसैले । यसरी नै दिनहरु बित्दै गए उता म उनीलाई दिनै देख्ने गर्थे । एक दिन म उनी सामु गए र उनको परिचय मागे जे होस उनले पनि सहज रुपमा नै परिचय दिईन । अनि मैले पनि मेरो परिचय दिए । उनले भन्निकी मेरो नाम चन्द । अनि मैले जोकिङ पनि गरे केहो नी त धेरै चन्द दिइन्छ की कसो ? उसले भनिन् किन र नामै चन्दा त्यसैले नी त यसरी नै त्यो समय सकियो ।
यसरी नै हाम्रो पढाई पनि अगाडी बढी नै रहयो । तर म भने चन्दालाई आफ्नो दाउमा चाल्न थाले मतलब दाउ फिजाउन थाले एक दिन अरु कसै मार्फत प्रस्ताव राखे उनले भनिछीन् त्यस्तो मान्छे त आफै आए हुन्छ तब मलाई डर लाग्न थाल्यो । म त्यही कारणले गर्दा तीन दिन स्कुल नै गइन । फेरि उसैले त्यही साथीलाई साधिछे जे.पी किन स्कुल नआएको ? भोली चन्दालाई भेट्नु भन्नु ल विद्यालय छुटि्टी भए पछि साथीले आएर मलाई भन्यो र म भोली पल्ट स्कुल जादै थिए उनी त मलाई पर्खेर बाटोमा नै बसी राखेकीरहिछे चन्दाले नै हाई किन नबोलेको नी त भनेर कुरा खोलीन् । त्यस पछि हामी दुबै जना गफ गर्दै विद्यालय तर्फ लाग्यौं । उनीले त्यो समयमा भनेकी मलाई पनि तपाई सित बोल्न मन त थियो तर कसरी .... ? यस्तै यस्तै कुराको साथमा स्कुल पनि पुग्यो ।
यसरी नै समयको चक्रसित लुकामारी खेल्दा खेल्दै उता मेरो र चन्दा बीचको माया प्रेम पनि गहिराहीपनमा परिणत भई सकेको थियो । यसरी नै दिनहरु बित्ने क्रममा हामी कहिले बुढासुब्बा त कहिले बिजयपुरको डाडां त कहिले माई खोलाको किनारमा बसी संगै मर्ने संगै जिउने भनी कसम खाने उनि मलाई पनी खुवाउने गथिर्न तर आज ति सारा कुराहरु सपना जस्तो भएको छ । त्यती मात्र नभएर हामीले बुढा सुब्बा र दन्तकाली मन्दिरमा गएर वैधाकि नभए पनि अवैधानिक रुपमा हाम्रो विवाह भईसकेको थियो । म पनि चन्दालाई नै सम्झेर एउटा सानो संसारको रचना अनी त्यही चन्दालाई सजाउने त्यसैमा आफू पनि रमाउने यही नै थियो काल्पनिक संसार ।
आहां कती रमाइलो थियो हिजो त्यो संसार । दुबै जनाको भेट अनि भेटमा मिठा मिठा कुरा अगांलो बाधिंदा त झनै........। उनैको काखमा सुतेको उनैले चुमेका यि हातहरु त्यसै आज लरखरिन्छ खै किन हो किन .. ? खै उनी सित बिताएका ति दिनहरु कहां गए कहां हराए.... ?
यसरी नै समयले कोल्टे फेर्दै थियो समयको गती सगैा हाम्रो एसएलसी परिक्षा पनि आईसकेको थियो तर चन्दा र मेरो प्रेमको निसानी पनि चन्दाको पेटमा हुर्कदै थियो । तर यो कुरा मात्र चन्दा म र हामीले बिताएका ठाउंहरुलाई मात्र थाहा थियो । मत्रै १३ दिन बांकी थियो एसएलसी आउन । त्यो दिन सम्म त अरु कसैलाई पनि थाह थिएन हामी दुई बीचको प्रेम थाह भए पनि भित्री रुपमा नै थियो । तर २०५८/१२/१६/२ मा हाम्रो सबै कुराहरु विष्फोटन भयो । त्यो पल चन्दाले मलाई भनेकी थिइ यहांबाट हामी भागौ नत्र मेरो जिउंदो लास हेर्नु पर्ला भन्दै चन्दा रोएइकी थिइ । त्यो समयमा म भिरको चिन्डो न उधो न उभो भएको थिए किनकी त्यो समयमा म उनीलाई ल्याउन र छड्न पनि नसक्ने अवस्थामा थिए । भोली समाजले हाम्रो परिवारलाई नै आउट गर्न सक्थ्यो चन्दा र मेरो कास्ट मिल्दैन थियो । त्यसैले उनीलाई त्याहां बाट लिएर हामी दुई अत्त कताई जान लाग्दै थियौ मत्लव भागी सकेका थियौ त्यहां बाट तर दैवसंजोक उसको बुबाले भेटाएर हामी दुई बीचको माया छुट्टाई दिए र म पनि घर बाट निस्कासीत भए र वेहाल जिन्दागी बोकेर वनावास हुन बध्या भए ।
यतीका दिनहरु बितिसक्दा पनि चन्दा कहां छिन् त्यो पनि मलाई थाह छैन साथै मलाई आफ्नै घरको बारेमा पनि थाह छैन । खै कुन्नि एक पल्ट सुनेको थिए चन्दा पढ्दैछिन रे यदी चन्दा तिम्रो नजर यो अनलाईन पत्रिकामा पुगेमा एउटा सन्देश सम्झेर यो नम्बर वा इमेलमा कन्ट्यक गर ल ०१२९८७९१५८ । पिल्ज चन्दा अझै पनि मलाई तिम्रो जुन सुकै पनि कुरा स्वीकार छ । यदी तिमी दम्पत्ी जीवनमा परेकी छौ भने पनि तिम्रो हर कुरा स्वीकारको साथै .सुखी रहनु । भन्दै बिदा हुन चाहन्छु
उही तिम्रो घायल प्रेमी
जय पाख्रीन हाल मलेसिया
Email:- jaya_pakhrin_jp @yahoo.com, pakhrin.jaya@yahoocom
| पाठक प्रतिक्रिया |
| this is a siyam my histori thank,s pakhrin ji |
| parkas|17-Sep-2008 15:47:48 |
| पाठक प्रतिक्रिया | |
|
|