

त्यस्तै कुहीरो फेरि लाग्यो
धेरै बर्ष पछि आज
मेरो मन रोयो फेरि
सधै बिहान र सांझ
लाग्थ्यो त्यो कुहीरोमा हामी
हुन्थ्यो छेउछाउमै
मिठा मिठा कुरा हुदा
डुब्थ्यो खुशीयालीको सागरमै
त्यो कुहीरोमा तिमीलाई एक्लै छाडी
आएकोछु समुद्र पारीको देशमा
तिमीलाई छोइ बस्ने हावा
विलिन्छ आउंदा आउदै सागरमा
नरोए पनि आंशु नै र्झछ
यो आंखाबाट तिमीलाई सम्झदा
तीन बर्षलाई बिर्सन खोज्छु
सधै आंखा वरिपरी तिम्रै विम्ब हुन्छ
सायद त्यो कुहिरो
यसबेला पपि लागेको होला
एक्लै बसी यहां म रुन्छु
तिमी पनि त्यहां रुदै छौ कि कसो ?
सिराहा गोलबजार
हाल ०१४-३०८-५१३, मलेसिया
| पाठक प्रतिक्रिया | |
|
|