

तिम्रो खुशीहरुमा रम्न चाहने मनहरु
आज एक्लोपनमा पनि रम्न सकेनन्
तिम्रो खुशीहरु साग बाच्ने सपनाहरु
आज तिमी विना पुरा हुन सकेनन् ।
मनहरु वग्छन् नदि झैं सलल
र अनि आंखाहरु रसांउछन्
गला अवरुद्ध हुन्छन्
तिम्रो माया ,स्नेह सम्झादा
लाग्छ तिमी यतै कतै छौं ।
मेरो खुशीका निम्ति आफनो
जीवनका सपनाहरु विर्सेर
कति तिमी मेरो लागी बांचेका छौं
आखीर किन रु
केवल मेरो लागी
मेरो खुशीहरुमा , मेरा आाखाहरुमा ।
एउटा भीखारी समानको जीवन मेरो
तिमी साग सधैं भीख माग्दैछु
केवल भीख
कहिले प्रेमको त कहिले खुशी को
अनी आफनो जीवनको निम्ती
जीवनकै भीख ।
सधै तिमी साग माग्दैछु
अनगिन्ती वहानामा
अनगिन्ती भीखहरु
जीवनको मोडहरुमा ।
ऋचा शर्मा तिवारी
नयां नेपाल अनलाइन
| पाठक प्रतिक्रिया |
| ful bhani tipana khoje tar kopilapo rahe6 timilai maile yesto socheko pani thiyena tar josila rahechau .maele timro mukha dekhana payeako ta chhaina tar timi hasila rahechau. hasilarahechhau. |
| MILANSAR THAPA|17-Oct-2008 17:51:48 |
| पाठक प्रतिक्रिया | |
|
|