

भो भैगो बिन्ति दुइहात मेरो जोडेर जादैछु ।
यो मेरो मुटु तिमीलाई नासो, छोडेर जादैछु ।
जिन्दगी आफ्नो बिच्छ्याए पनि मुलबाटो बनाई ।
लक्षयका खातिर जुनतारा तिरै माडेर जादैछु ।
पापको संसार झुटको राज्य, बढेर गए नि ।
जालका साङला एक एक गरी, तोडेरै जादैछु ।
के भो र ? आखिर, बैलेर पानी यो मेरो जिन्दगी,
हालेर पानी बासन्ति फूल, गोडेर जैदैछु ।
| पाठक प्रतिक्रिया | |
|
|