
विश्व शान्ति कामनाका साथ विश्व साईकल यात्रामा हिडेका पर्वत चित्रेका कृष्ण प्रसाद लम्साल, बाग्लुङ राङखानीका पदम बहादुर पुन र पर्वत उरायपोखरीका आनन्द भूषाल मलेसिया आइपुगेका छन् । जनावरी ६/२००८ बाट यात्रा शुरु गरेका भारत, भुटान, बंगादेश, बर्मा, थाईल्याण्ड हुदै मार्च ६ मा मलेसिया प्रवेश गरे पश्चात दुइवटा साईकल पदम बहादुर पुन र आनन्द भूषालका हराएको कुरा नेपाल मलाया खबर डट कम संगको भेटमा उनीहरुले बताए । उक्त साइकल थाईल्याण्डको भम्रण सकेर मलेसियाको पेनाङ प्रवेश गरे पश्चात खाजा खान भनि गएको बेला दुइवटा साईकलमा सांचो नभएको कारण हराएको हो । यात्रिहरु मार्च २३ ताखिर मलेसियाबाट सिंगापुर हुदै इण्डोनेसिया, ब्रनाई, हङकङ, मकाउ हुदै चाईना भए नेपाल र्फकने कुरा उनीहरु बताउछन् । स्मरण रहोस कृष्ण प्रसाद लमसाल एक बर्ष अगाडि मकाउ सम्म पुगेर नेपाल फर्केका थिए । उनको यो दोस्रो चरणको भम्रण हो ।
| पाठक प्रतिक्रिया | |
|
|