

आजभन्दा ११ महिनाअघि मात्र मलेसिया आएका अमृतबहादुर गुरुङले मेसिनद्धारा जनवरी ३१ को दिन दाहिने हात गुमाउन पुगेको छ । गोर्खा वर्दन ८ ठूलो डिप्लीगाउं स्थायी घर भएका गुरुङ ७१ देशाचेम्बरलाङ यूएलयू तिराम जोहोरमा कार्यरत थिए ।
हाल कम्पनीमा इन्स्यूरेन्सको माग उनीलगायत उनका साथीहरूले गरिरहेका छन् भने नेपाल तमू समाज मलेसियाले आ?नै तरिकाले उनलाई सहयोग उठाइदिने भएको छ । मलेसियामा विरामीको नाममा विभिन्न तरिकाले रकम उठाइएको कुरालाई उजागर गर्दै नेपाल तमू समाजले सजगसमेत गराएको छ । त्यसको लागि नेपाल तमू समाजले तोकेका व्यक्तिहरूलाई अपि्रल १५ भित्र सहयोग दिन चाहनुहुनेले सोल्टी रेष्टुरेष्ट र हिमालयन रेष्टुरेन्टमा सम्पर्क गर्नहुन अनुरोध गरेकोे पनि सम्प्रेषित समाचारमा जनाएको छ ।
नेपालमा गुरुङ्गको परिवारिक स्थिती नाजुक रहेको अविवाहित गुरुङ २२ वषिर्य हुन् । नेपाल तमू समाजको तर्फबाट आरएम १०५२ मार्च ८ को दिन सहयोग प्रदान भएको छ । अध्यक्ष बल तमूको वाहुलीबाट प्रदान गरिएको उक्त कार्यक्रममा सल्लाहकार कर्मा गुरुङ, उपाध्यक्ष रविना तमूस्यो, र सदस्यद्धय बदि्रका तमुस्यो, गुञ्ज तमू उपस्थित थिए भने प्रमुख अतिथि द पृष्ठभूमि साप्ताहिकका सुनिल चालिसले संस्थाले गरेको सहयोगको चर्चा गर्नुभएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|